शुक्रबार, १६ चैत २०८०

समानुपातिक मुस्लिम प्रतिनिधिहरु बिरुद्ध धावा बोल्नुस मुस्लिम युवाहरु ।

बि बि खराल क़तार

१३ जेष्ठ २०७५, आईतवार ०६:२४ मा प्रकाशित

मुस्लिमको नाममा समानुपातिक पड्काउने र मुस्लिम भोटले जितेर अबिर लगाउने लाइ भाटा हान्न शुरु गर्नु जनता अनि आफै मुस्लिम राष्ट्रिय समुदाय र राष्ट्रिय पर्ब बारे आन्दोलन चर्किन्छ । नेपाल एकीकरणमा पृथ्वीनारायण शाह को कमान्डमा मुस्लिम समुदाय ले शैन्य ,हातहतियार ,ब्यापर बाट एकीकरण सफलतामा महत्त्वपूर्ण भुमिका मात्रै नभैइ अंशु बर्माको पाला देखी मल्ल कालिन हुदै शाह कालिन सम्म को हरेक युगमा गरेको योग्यदान राणाकालिनमा मुस्लिम समुदायलाइ बायस गरिएयो कारण भारतमा राणा र बृटिस सेना बिच भएको सुघौली सन्धी बाट मुस्लिम समुदाय छायामा र दलितिकरणमा पुग्यो । प्रजातान्त्रिक आन्दोलन बि पि ज्यु को आन्दोलनमा मधेस र पहाडका मुस्लिम समुदाय राणा बिरुद्ध खनिए ,जब राजतन्त्र सहितको प्रजातान्त्र आएसी पुनः राजपरिवारले मुस्लिम समुदाय लाइ पुनः बिशेष अधिकार र स्थान दियो । नेपालका मुस्लिम समुदाय बामपंथी आन्दोलन ,प्रजातान्त्रिक आन्दोलन ,राजतन्त्र बजाउ अभियान ,जनयुद्ध हुदै २०६२/०६३ को जन आन्दोलन र मधेश आन्दोलन सम्म हरेक पटक आन्दोलनमा आफ्ना समुदायका होनाहार युवाहरु लाइ राज्यको निमित्त शाहद दिलायो ,परिवर्तन को खातिर देशलाइ खुन दियो । तर बामपंथी सरकार मध्य माओवादी पार्टी सर्बहारा ,उत्पीडित बर्ग समुदाय र पिछडिएका समुदाय ,दलित जनजाती मधेसी बारे बोल्छ अधिकार दिन्छ तर मुस्लिम समुदाय प्रती कठोर बन्नु को पछाडि के भारतिय सत्ता पक्ष बि जे पि पार्टी र मोदि प्रभाब प्रभुत्व को कारण त होइन ??? नेपाल लाइ आज पनि मुस्लिम देशहरु पाकिस्तान ,बाङ्गालादेश ,अरबका मुलुक र मलेसिया जस्ता रोजगार प्रदान गर्ने देशले एक शान्त इमानदार र बलिया सोझो नेपालिको रुपमा मन पराउने मुलुक मध्य हामी अग्र पन्तिमा छौ जस्को देश त्यही मुस्लिम देशहरुमा आफ्ना युवाहरुलाइ काममा पठाएर देशको अर्थतन्त्र धान्ने देखी देख भित्र हुने बिद्रोहलाइ सम्स्याको समाधान को रुपमा एक सहयोग गर्या छ । तर नेपालि मुस्लिम समुदाय र बिदेशी मुस्लिम मुलक नेपाल र नेपाली प्रती जति इमान्दार भएता पनि आफ्नै देशको नागरिक मुस्लिम नागरिक प्रती गरिएको तानाशाह के जायज हो सरकार ? नेपाली मुस्लिम समुदाय को पर्ब लाइ अहिले लोकतान्त्रिक गणतन्त्रमा राष्ट्रिय पर्ब नहुनु यो कुन लोकतान्त्रिक गणतन्त्र हो ? बुझ्न सकिने कि भारतिय सरकारको दबाब हो जनता जान्न चाहन्छ । फेसबुकका भित्तामा र सडकमा मुस्लिम पर्बका कुरा लेख्दै गर्दा सदनमा मुस्लिम समुदाय को नाम बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सान्सद काह छन खै ? किन बोल्दैनन ? त्यस्ता नबोल्ने लाइ मुस्लिम युवाहरुले भाटा हानेर सजाय दिनुहोस । र मधेशमा मुस्लिम भोट बाट निर्णयक मत बाट बिजय भएकालाइ अर्को पटक हिसाब किताब देखाउने आट गर्नुहोस सचेत मुस्लिम ब्याक्तित्वहरुले यो कुरा लाइ बुझ्न जरुरी छ भन्ने सन्देश सङै नेपाली मुस्लिम समुदायका अगुवा मुस्लिम नेताहरु समुदाय प्रती कहिल्यै उत्तरदायि देखिन । त्यसैले युवाहरुले सोच्नुहोला ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter