आइतबार, ०६ जेठ २०८१

नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन

२ जेष्ठ २०७५, बुधबार १५:४५ मा प्रकाशित

महेन्द्रनगर, धनुषा, २ जेठ (रासस) नेपाली काँग्रेस धनुषा जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन भएको छ ।

तीन दशकपछि १३ औँ जिल्ला अधिवेशनबाट मंगलबार महेश शंकर गिरीको सभापतित्वमा सर्वसम्मतिले जिल्ला कार्यसमिति चयन भएको हो ।

दिनभरिको व्यापक छलफलपछि पूर्वजिल्ला सचिवसमेत रहनुभएका गिरीको सभापतित्वमा गठित जिल्ला कार्यसमितिको उपसभापतिमा सन्तोष यादव, सचिवमा विशेश्वर यादव, र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रबहादुर रावलले जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter