शनिबार, २२ बैशाख २०८१

इरानमा भूकम्प, ८४ जना घाइते

२० बैशाख २०७५, बिहीबार ११:३२ मा प्रकाशित

तेहरान, १९ वैशाख (रासस÷सिन्ह्वा) ः इरानको पश्चिमी कोहगील र बोयेराहमाद प्रान्तमा भूकम्प गएको छ ।

स्थानीय समयानुसार बुधबार बिहान १०.३८ मा आएको भूकम्पमा परी कम्तीमा ८४ जना घाइते भएका छन् । यस भूकम्प ५.२ म्याग्नीच्युड मापन गरिएको र मानिसहरु त्रसित अवस्थामा रहेका इजना समाचार संस्थाले समाचार संप्रेषण गरेको छ ।

यस भूकम्पको केन्द्रबिन्दु भूकम्प प्रभावित क्षेत्रको नै आपपासमा आठ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

फेरी पनि भूकम्पको पराकम्प हुने आशंकाले स्थानीय बासिन्दा सडक र खुल्ला ठाँउहरुमा भेला भएका छन् । उद्धारकर्ताहरुले घरमा कतैकोही पुरिएको छ की भनेर खोजी गरिरहेका छन् भने अहिले घरमा नजान र बाहिरै बस्न आह्वानसमेत गरिएको छ ।

मुख्य बजार क्षेत्रहरुका ठूलो क्षतिको कुनै विवरण नआएपनि ग्रामीण क्षेत्रमा भने सामन्य क्षति भएको पाइएको छ ।

भूकम्पका कारण सञ्चार सेवा र विद्युत् सेवा अवरुद्ध भएका छन् । त्यसैगरी केही सडकहरुमा पनि अवरोध भएका जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रहरुमा उद्धार तथा राहतका लागि ठूलो संख्यामा स्वयमसेवकहरु पठाइएको छ ।

इरानको यही क्षेत्रमा सन् २०१७ को नोभेम्बरमा गएको ७.३ म्याग्नीच्युडको भूकम्पका कारण कम्तीमा ५३० जनाको मृत्यु हुनुको साथै आठ हजार घाइते भएका थिए ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter