शनिबार, २२ बैशाख २०८१

लिबियाको निर्वाचन आयोगमा भएको आक्रमणमा चौधको मृत्यु

२० बैशाख २०७५, बिहीबार ११:३१ मा प्रकाशित

त्रिपोली, १९ वैशाख (रासस÷एएफपी÷सिन्ह्वा) ः लिबियाको निर्वाचन आयोगको कार्यालयमा भएको आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

राजधानी त्रिपोलीमा रहेको कार्यालयमा बुधबार हिंसात्मक आक्रमण भएको अधिकारीहरुले जानकारी दिएका छन् । लिबियाको स्वास्थ्य मन्त्रालयले १४ जनाको मृत्यु भएको र अरु दश जना घाइते भएको पुष्टि गरेको छ ।

आक्रमणबाट आयोगको कार्यालय भवन पूर्णरुपमा ध्वस्त भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । इस्लामिक स्टेट (आइएस) का लडाकूहरुले कार्यालयमा आक्रमण गरेको अधिकारीहरुले दाबी गरेका छन् । आत्मघाती बम हमलाकारीहरुले बुधबार बिहान आक्रमण गरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय मिसनको सहयोगमा लिबियामा यस वर्षको अन्त्यतिर राष्ट्रपति र संसदको निर्वाचनको तयारी भइरहेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter