शनिबार, २२ बैशाख २०८१

चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

१७ बैशाख २०७५, सोमबार ११:१८ मा प्रकाशित

बेइजिङ, १७ वैशाख (रासस÷सिन्ह्वा) ः चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जानुहुने भएको छ ।

उहाँ यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा उहाँ उत्तर कोरियाको भ्रमणमा जान लागनुभएको पनि उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समयमा उत्तर कोरिया विश्व राजनीतिको चासोको एक केन्द्र बनिरहेको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीच पछिल्लो समयमा विकसित राजनीतिक परिस्थितिले गर्दा उत्तर कोरियाप्रति विश्वको चासो बढेको हो ।

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच गएको शुक्रबार कोरियाली प्रायदीपमा शान्ति स्थापनाका बारेमा एक महत्वपूर्ण सम्झौता भएको थियो ।

त्यस्तै उत्तर कोरियाली नेता उनसँग आफूले पनि केही हप्तामा भेटवार्ता गर्ने जानकारी शनिबारमात्र दिनुभएको छ ।

कोरियाले लिएको यो पछिल्लो रणनीतिका कारण विश्व राजनीतिक सरगर्मी बढेको बेला चिनियाँ विदेशमन्त्रीले गर्नुभएको यो भ्रमणलाई पनि अर्थपूर्ण रुपमा लिइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter