शनिबार, २२ बैशाख २०८१

इराकद्वारा १९ रूसी महिलालाई जन्मकैद

१७ बैशाख २०७५, सोमबार ११:१६ मा प्रकाशित

बग्दाद, इराक, १६ वैशाख (रासस÷एएफपी) ः इराकको एक अदालतले इस्लामिक स्टेट (आइएस) समूहमा सम्लग्न भएको भन्दै १९ रसियाली महिलाविरूद्ध जन्मकैदको फैसला गरेको इराकी न्यायलय स्रोतले जनाएको छ ।

उनीहरूले इराकमा रहेर आइएस समूहलाई सघाउँदै आएको अभियोग अदालतले लगाएको हो ।

बग्दादको आतङ्कवाद सम्बन्धि मुद्दा हेर्ने केन्द्रीय फौजदारी अदालतका प्रमुख न्यायाधीशले अदालतमा मुद्दा खेपिरहेका १९ जना रूसी महिलाहरू आइएस समूहमा सम्लग्न भएका वा कुनै न कुनै रूपमा आइएसका गतिविधिलाई सहयोग गरेको पाइएकोले जन्मकैदको सजाय गरिएको बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter