आइतबार, २३ बैशाख २०८१

उत्तर कोरियाले आणविक कार्यक्रम रोक्ने, अमेरिकी विज्ञलाई समेत आमन्त्रण

१६ बैशाख २०७५, आईतवार १६:४९ मा प्रकाशित

सोल, १६ वैशाख (रासस÷एएफपी) ः उत्तर कोरियाले आगामी मे महिनामा आफ्नो आणविक कार्यक्रम रोक्ने भएको छ ।

मे महिनामा आफूले आणविक कार्यक्रम रोक्ने जानकारी उत्तर कोरियाली नेता किम जोङ उनले दिएको दक्षिण कोरियाली एकजना वरिष्ट अधिकारीले बताएका छन् ।

सो जानकारी उहाँले हालैमात्र भएको दक्षिण कोरियाली राष्ट्रपतिसँगको भेटवार्ताका क्रममा दिनुभएको दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकार युन योङ चानले बताउनुभएको हो ।

गत शुक्रबार भएको मुन र उनबीचको वार्ताका क्रममा कोरियाली नेता उनले सो जानकारी दिनुभएको प्रवक्ता चानले बताउनुभयो ।

प्रवक्ता चानका अनुसार उत्तर कोरियाली नेता उनले मे महिनामा राकिने सो आणविक कार्यक्रमको पर्यवेक्षणका लागि उहाँले अमेरिकी विज्ञलाई पनि आमन्त्रण गरिने बताउनुभएको थियो ।

आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग केही हप्तापछि वार्ता गर्ने भनी दिनुभएको जानकारीसँगै दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकारबाट यो भनाइ आएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter