शनिबार, २२ बैशाख २०८१

अफगानिस्तानमा नौ प्रहरी र दुई बालबालिकासहित १२ मारिए

१६ बैशाख २०७५, आईतवार १५:१४ मा प्रकाशित

काबुल, १६ वैशाख (रासस÷सिन्ह्वा) ः अफगानिस्तानका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै हिंसाका घटनामा परी कम्तीमा नौ प्रहरी, एक महिला र दुई बालबालिका मारिएका छन् ।

बाडाख्सान प्रान्तको दुर्गम ठाउँमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि भएको गोली हानाहानमा परी नौजना प्रहरी मारिएका हुन् । स्थानीय प्रहरीले आइतबार दिएको जानकारीअनुसार घटनामा अरु दश जना घाइते भएका छन् ।

त्यसैगरी पूर्वी नानगाहार प्रान्तमा भएको विष्फोटनको घटनामा परी अफगान एक महिला र दुई बालबालिका पनि मारिएका प्राप्त अर्काे समाचारमा जनाइएको छ ।

प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोग्यानीले सिन्ह्वासँग आइतबार भन्नुभयो, “आइतबार बिहान ६ः३० मा सुर्ख रोडमा दुखद घटना भएको छ ।”

उक्त घटनामा परी अर्का एकजना महिला र बालका घाइते भएका पनि समाचारमा जनाइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter