बिहिबार, २० बैशाख २०८१

इरानसँग नयाँ पारमाणिक सम्झौता हुन सक्ने राष्ट्रपति द्वयको दाबी

१२ बैशाख २०७५, बुधबार १९:०६ मा प्रकाशित

वासिङटन, १२ वैशाख (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी एम्यानुएल माक्रोनले इरानको पारमाणविक कार्यक्रमबारे एउटा नयाँ सम्झौता हुन सक्ने मङ्गलबार बताउनुभएको छ ।

सन् २०१५ मा भएको सम्झौताप्रति आशङ्का व्यक्त गर्दै आउनुभएका ट्रम्पले माक्रोनसँगको वार्तापछि केही ठूलो, सम्भवतःसम्झौता हुनसक्ने बताउनुभएको हो ।

नयाँ सम्झौतामा इरानको व्यालास्टिक क्षेप्यास्त्र तथा मध्यपूर्वमा उसको भूमिकासम्बन्धी विषयलाई पनि समेट्नुपर्ने माक्र्रोनले बताउनुभएको छ ।

यसअघि इरानका राष्ट्रपति हसन रूहानीले अन्तरराष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको थियो ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोनबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल हुनु केही घण्टापूर्व रुहानीको यस्तो चेतावनी आएको थियो ।

सम्झौतालाई भङ्ग गरिदिने भनेर ट्रम्पले दिँदै आउनु भएको धम्कीलाई कार्यान्वयन गरे त्यसको गम्भीर परिणाम हुने रुहानीले बताउनुभएको थियो ।

विश्व शक्ति राष्ट्रहरू र इरानबीच सन् २०१५ मा परमाणु कार्यक्रमबारे एक सम्झौता भएको थियो । जस अन्तर्गत इरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो । सम्झौतापछि इरानविरुद्ध लगाइएका विभिन्न प्रतिबन्ध हटाइएका थिए ।

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सम्झौतालाई ट्रम्पले सधै “खराब सम्झौता” भन्दै आउनुभएको छ ।

तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा इरान र विश्व शक्ति राष्ट्रहरूबीच आगामी मे १२ सम्म लागू रहने गरी भएको सम्झौताको म्याद नथप्ने विषयमा सहमति जनाउने ट्रम्पले चेतावनी दिँदै आउनुभएको थियो ।

इरानसँगको सम्झौता विफल नबनाउन ट्रम्पलाई मनाउने प्रयासमा जर्मन चान्सलर एन्जेला मार्केलले शुक्रवार अमेरिकाको भ्रमण गर्न लाग्नु भएको बताइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter