बिहिबार, २० बैशाख २०८१

परमाणु सम्झौताबाट हटेर देखाउन रूहानीको अमेरिकालाई चेतावनी

१२ बैशाख २०७५, बुधबार ०९:२९ मा प्रकाशित

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ११ वैशाख (रासस÷एएफपी) ः इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल हुनु केही घण्टापूर्व रुहानीको यस्तो चेतावनी आएको हो ।

ट्रम्पले उक्त सम्झौतालाई भङ्ग गरिदिने भनेर दिदैँ आएको धम्कीलाई कार्यान्वयन गरे त्यसको गम्भीर परिणामहरू हुने रुहानीले बताउनुभएको छ ।

विश्व शक्ति राष्ट्रहरु र इरानबीच सन् २०१५ मा परमाणु कार्यक्रमबारे एक सम्झौता भएको थियो । जस अन्तर्गत इरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो ।

सम्झौतापछि इरानविरुद्ध लगाइएका विभिन्न प्रतिबन्धहरु हटाइएका थिए ।

फ्रान्सका राष्ट्रपति म्याक्रोँले ट्रम्पलाई सो सम्झौताबाट पछि नहट्नका लागि दबाब दिने ठानिएको छ । रुस तथा चीन दुवैले यसका लागि निरन्तर समर्थन पनि जनाइरहेका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सम्झौतालाई ट्रम्पले सधै “खराब सम्झौता” भन्दै आउनुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter