आइतबार, २३ बैशाख २०८१

इजिप्टको अदालतद्वारा ब्रदरहुडका प्रमुखलाई आजीवन काराबास

१ बैशाख २०७५, शनिबार २२:०६ मा प्रकाशित

काएरो, इजिप्ट, १ वैशाख (रासस÷सिन्ह्वा) ःइजिप्टको एक अदालतले शनिबार मुस्लिम ब्रदरहुड समूहका प्रमुख नेता मोहमद बादीलाई हिंसा भड्काएको आरोपमा आजीवन काराबासको सजाय तोकेको इजिप्टको राज्य सञ्चालित समाचार संस्था मेनाले जनाएको छ ।

इजिप्टको उच्च अदालतले उहाँको अपिलमाथि सुनुवाई गर्दै अन्तिम निर्णय सुनाएको हो । निर्णयअनुसार बादी तथा उहाँको समूहका १७ सदस्यले सशस्त्र हडतालमा सम्लग्नता जनाएको तथा विरोधिको हत्या प्रयास गरेको अभियोगमा आजीवन कारावासको सजाय तोकिएको हो ।

इजिप्टमा आजीवन कारबासको सजाय पाएका व्यक्तिले २५ बर्ष जेलजीवन बिताउनु पर्ने कानूनी प्राबधान छ ।
उनीहरूविरूद्ध सरकारद्वारा प्रदान गरिएका प्रमुख सुविधा तथा धार्मिक महत्वका ठाउँहरूमा उपद्रव गरेको एवम् सामान्य जनजीवनलाई तहसनहस बनाउन खोजेको अभियोग लागेको छ ।

सजाय तोकिएका पूर्व राष्ट्रपति मोहम्मद मोर्सी, बादीलगायतका प्रायजसो ब्रदरहुड नेताहरू अहिले पनि जेलजीवन विताइरहेका छन् ।

बादीबाहेकका केही नेतालाई भने सजायमाथि पुनरावेदन गर्ने विकल्प अदालतले दिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter