आइतबार, २३ बैशाख २०८१

इजिप्टको सैनिक शिविरमा आतङ्कवादी आक्रमण, आठ सैनिकको मृत्यु

१ बैशाख २०७५, शनिबार २२:०४ मा प्रकाशित

कायरो, इजिप्ट, १ वैसाख (रासस÷सिन्ह्वा) ः इजिप्टको मध्य सिनाइ प्रान्तमा शनिबार बिहानै भएको आक्रमणमा कम्तिमा आठ सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । आक्रमणमा परी १५ सैनिक अधिकारी घाइतेसमेत भएका बताइएको छ ।

सिनाइको मध्यक्षेत्रमा शरीरमा विस्फोटक पदार्थ बाँधेर चार जनासहित १४ जना आतङ्ककारी लडाकूको एक समूह शिविरमा प्रवेश गरी गरेको हमलालाई सेनाले विफल पार्न सफल भएपनि आठ सैनिकले शाहदत प्राप्त गरेका र १५ जना घाइते भएका छन्, सैनिक प्रवक्ता तामेर अल रेफायद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सेनाको प्रतिकारमा अतङ्ककारीहरूको समूहका सवै सदस्यको मृत्यु भएको पनि रेफायले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter