२० मंसिर २०८२

मुस्लिम धर्मगुरु अब्दुल वहाब खिलजीको निधन ।

मुस्लिम समुदाय शोकमग्न

३० चैत्र २०७४, शुक्रबार १७:५० मा प्रकाशित

केयर खबर संवाददाता

 

मर्कजी जमिअत अहले हदीस हिन्दको राष्ट्रीय अध्यक्ष इस्लामिक धर्मगुरु मौलाना अब्दुल वहाब खिलजीको आज करीब पांच बजे भारतको दिल्ली स्थित एक अस्तपालमा निधन भएको छ ।

मालेर कोट्टा पंजाबमा जन्मेका मौलाना खिलजी एउटा महान धार्मिक,समाजिक हस्तीको रुपमा स्थापित थिए ।

स्वर्गीय मौलाना खिलजीको निधनले नेपाल,भारत, पाकिस्तान, सऊदी ,क़तार लगायत रहेका मुस्लिम समुदाय मर्माहत भएका छन।

मौलाना खिलजी मिल्ली कौंसिल भारतका संस्थापक , आल इंडिया मुस्लिम पर्सनल लॉ बोर्डका केंद्रीय सदस्य, अलीगढ़ मुस्लिम विश्वविद्द्यालयका कानूनी सल्लाहकार , जारीदए -तर्जुमान पत्रिकाको १८ बर्ष सम्म सम्पादक रहेका खिलजी नेपालको मुस्लिम धर्मगुरु हरू संग नजिक रह्दै आएका थिए ।

उनको निधनले मर्कजी जमीअत अहले हदीस नेपाल, केयर फाउंडेशन नेपाल, इस्लामी संघ नेपाल लगायत मुस्लिम संस्थाहरूले शोक बयक्त गर्दै समुदायलाई ठुलो नोकसान भएको ठहर गरेका छन।

तपाईंको प्रतिकृयाहरू

अन्तराष्ट्रिय समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter