आइतबार, २३ बैशाख २०८१

अजरबैजानको राष्ट्रपतिमा अलियेभ चौथो कार्यकालका लागि निर्वाचित

२९ चैत्र २०७४, बिहीबार २१:४६ मा प्रकाशित

बाकु, २९ चैत (रासस÷सिन्ह्वा) ः अजरबैजानका वर्तमान राष्ट्रपति इल्हाम अलियेभ चौथो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
बिहीबार सार्वजनिक भएको राष्ट्रपतीय निर्वाचनको नतिजाअनुसार उहाँले कुल मतको ८६.३ प्रतिशत मत ल्याउनु भएको छ ।
अजरबैजानमा नयाँ राष्ट्रपति चयनका लागि केन्द्रीय निर्वाचन आयोगले बुधबार निर्वाचन गराएर बिहीबार नतिजा सार्वजनिक गरेको हो ।
उहाँका निकटम प्रतिद्वन्द्वी जाहिड ओरुजले ३.११ प्रतिशत मात्रै भोट ल्याउनु भएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा विभिन्न पक्षका गरेर कुल आठ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिनुभएको थियो ।
निर्वाचित भएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफुलाई समर्थन र विश्वास गरेकोमा अजरबैजनका नागरिकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले भन्नुभयो, “अजरबैजनका नागरिकले सुरक्षा र सम्वृद्धिका लागि मलाई मतदान गरेका हुन्, म त्यही अनुसार काम गर्नेछु ।”
उहाँको अबको कार्यकाल सात बर्षको हुनेछ । गत सन् २०१६ मा संविधान संशोधन गरेर राष्ट्रपतिको पाँच बर्षे कार्यकाललाई बढाएर सात बर्षे बनाइएको हो ।
अजरबैजानको संविधानले राष्ट्रपतिलाई आकस्मिक निर्वाचन आह्वान गर्ने अधिकार समेत दिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter