बिदेशमा पलायन भएका नागरिक हरुलाई पनि चुनावमा नैसर्गिक मताधिकारको उपयोग गर्ने ब्यवस्था गर्न नितान्त आवश्यक छ। बिदेशमा कार्यरत रहेका हामी सबैको चुनावमा सहभागी भई आफ्नो प्रतिनिधि छनोट गर्ने चाहना प्रबल रहदै आएको इंजीनियर अय्यूब हकले बताए।
राजनैतिक पार्टी द्वारा संचालित बिदेशी भातृत्व संग़ठनहरुले मजदूरहरुको मिहेनत परिश्रम गरी कमाएको पैसालाई व्यक्तिगत स्वार्थ परिपूर्ति गर्न बाहेक अरु कुनै उद्देश्य नराखेको इंजीनियर अय्यूबले बताए।
नेपाल आएका इंजीनियर अय्यूब आज साँझ केयर खबरका संवाददाता शमशाद आदिल सङ्ग संक्षिप्त कुराकानी गर्दै नेपालबाट बैदेशिक रोजगारमा क़तार गएका युवा जनशक्तिलाई नेपालमै प्रयोग गरी आर्थिक समृद्धि ल्याउन सक्ने बताए । साथै समाजिक विकृर्तीहरुको उन्मूलन गर्न सहज भएको भने ।
बिदेशमा गएर विभिन्न काममा खटिने युवाहरू धेरै अनुभव बटुली सकेका हुन्छन ।आधुनिक प्रविधि बारे पूर्णरूपले दक्षता प्राप्त गरिसकेका जनशक्तिलाई नेपालमा प्रयोग गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने बताए ।
बैदेशिक रोजगारमा रहेका फिलपिनी नागरिकहरु आफ्नो मातृभूमि फ़र्कदा सरकारी स्तरमा नै उनीहरुलाई स्वागत ,सम्मान हुने कुरालाई सम्झिदै नेपाल सरकारले पनि बिदेशिएका युवाहरु लाई सम्मान,भावनात्मक प्रोत्साहन गर्ने अभ्यास हुन आवश्यक रहेको ठहर गरे ।
उनले आफ्नो कुरा थप्दै भने नेपालबाट रोजगारमा गईरहेका विभिन्न मुलुक संग राम्रो सहकार्य र सहमति गर्नु पर्दछ। कामदारहरू लाई सरकारी स्तरमा छनोट गरी मात्रै पठाउनु पर्छ । यहाँका म्यानपावरहरुले झूठो खेती गर्ने , भ्रष्टाचारीमा संलग्न रही कामदारहरु लाई ठग्ने र ठुलो भ्रममा राखेर समस्या दिई रहेको बताए। यसका लागि सरकारी माध्यमबाट स्पष्ट र पारदर्शी नीति बनाई भिषामा पठाउने नियम ल्याउन आवश्यक रहेको ठहर गरे।

अय्यूब आफू अध्यक्ष समेत रहेका
नेपाली मुस्लिम समाज क़तार बारे जानकारी गराउदै नेपाली संस्कृति हरुको क़तारमा रहेर संरक्षण , विकास ,बिस्तार र प्रदर्शन गरी रहेको जनाए।
क़तारमा रहेको मुस्लिम हरुलाई संगठित गरी शैक्षिक ,आर्थिक,पर्यटकीय बिस्तार र पीड़ित मज़दूरहरुको उद्द्वार क्षेत्रमा काम गर्ने उद्देश्य राखि समाजले सक्रिय भूमिका खेलि रहेको बताए ।
बिगत १५बर्ष देखि यूएई र क़तारमा कार्यरत रही इंजीनियर मोहम्मद अयूब हक नेपाली इंजीनियरिंग असोसिएशन क़तारको महासचिव, नेपाली मुस्लिम समाज क़तार को अध्यक्ष हुन ।। एसोशिएशन आफ नोबेल फैमिली ,गल्फ ओरगानाईजेशन ऑफ रिसर्च एण्ड डेभल्पमन्ट क़तार लगायत विभिन्न संघ संस्थामा आवद्ध रही सक्रिय भूमिका निर्वाह गरीरहेका छन ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू