आइतबार, २३ बैशाख २०८१

भारतीय प्रधानमन्त्री मोदीको निवास अगाडि सांसदहरुको प्रदर्शन

२६ चैत्र २०७४, सोमबार १०:२३ मा प्रकाशित

नयाँदिल्ली, २५ चैत (रासस÷पिटीआइ) ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निवास अगाडि आइतबार प्रदर्शन गर्न लागेका केही सांसदलाई प्रहरीले हटाएको छ ।

उनीहरुले आन्द्र प्रदेशलाई विशेष प्रदेश बनाउन माग गर्दै प्रधानमन्त्री निवास अगाडि दवावमूलक प्रदर्शन गर्न लागेको तेलुगु डेसाम पार्टीका सांसदलाई प्रहरीले लोक कल्याण मार्गबाट हटाएको समाचारमा जनाइएको छ ।

प्रहरीले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्न नदिएपछि उनीहरुले प्रधानमन्त्री निवास जाने बाटोमा नै प्रदर्शन गरेको दिल्ली प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीले आपूmहरुको माग पूरा नगरेमा प्रदर्शन, आन्दोलनलाई थप शसक्त र फराकिलो बनाउँदै लैजाने सांसद जयदेव गालाले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter