आइतबार, १६ बैशाख २०८१

टिपरको टक्करबाट एकजनाको मृत्यु

१७ चैत्र २०७४, शनिबार ०९:४० मा प्रकाशित

लहान, १७ चैत (रासस) ः पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट गम्भीर घाइते एक युवकको गए राति उपचारको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिम जाँदै गरेको स १ क १७९ नंको टिपरले स ६ प २८९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३० वर्षीय सञ्जय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते यादवको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । सोही दुर्घटनामा परी गम्भीर घाइते अमितको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter