शुक्रबार, २१ बैशाख २०८१

भारत–चीन सम्बन्ध ‘सकारात्मक दिशामा’: चीन

१५ चैत्र २०७४, बिहीबार २१:३४ मा प्रकाशित

बेइजिङ, चीन, १५ चैत (रासस÷सिन्ह्वा) ः चीनले भारतसँगको विवादलाई उचित रूपमा समाधान गर्न चाहेको चीनका विदेशमन्त्रालयका प्रवक्ता लु काङले बिहीबार बताउनुभयो ।

उहाँले चीन र भारतबीचको द्विपक्षीय सम्बन्धलाई सहीबाटोमा अघि बढाउन चाहेको बताउनुभयो ।

सञ्चारमाध्यमसँगको नियमित कुराकानीका अवसरमा विदेश मन्त्रालयका प्रवक्ता लुलाई पछिल्लो समय दलाई लामाको भ्रमण रद्द गर्ने लगायतका निर्णयद्वारा भारतले चीनसँगको सम्बन्ध सुधार्न चाहेको दखिन्छ नि भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “चीन र भारतबीचको सम्बन्धले सकारात्मक दिशा लिएको र यो दुवै देशको संयुक्त कूटनीतिक प्रयासले सम्भव भएको छ ।”

चीनले भारतीय पक्षसँग यस सन्दर्भमा आपसमा सहमति निर्माण गरेर सहकार्य गर्न तयार छ र यसबाट आपसी रूपमा राजनीतिक विश्वास विस्तार हुनेछ । सम्बन्ध सुधारका लागि दुवैको जीत हुनेगरी एकआपसमा सहमति निर्माण गरी सही दिशामा अघि बढाइने उहाँको कथन थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter