सोमबार, १७ बैशाख २०८१

पन्ध्र बुंदे मांग सहित आंदोलन गर्ने अखिल (क्रांतिकारीको) चेतावनी

चैत्र १३ , विराटनगर

१३ चैत्र २०७४, मंगलवार १७:४७ मा प्रकाशित

शिक्षा मा शुल्क बृद्धि र माफ़ियाकरण बढ्दै गई रहेको जानकारी गराउदै अखिल क्रांतिकारी मोरंग समिति ले जिल्ला शिक्षा अधिकारी दिलनाथ पूरी लाई आज ज्ञापन पत्र बुझाएको छ ।

हामी ले गरेका माँगहरू सत प्रतिशत बिदद्यार्थी र राष्ट्र को हितमा रहेकोले यथाशीघ्र सम्बोधन नभए आंदोलनमा जाने अखिल (क्रांतिकारी)बिद्यार्थी संग़ठन मोरंगले ज्ञापन पत्र मार्फ़त चेतावनी दिएको छ ।

ज्ञापन पत्रमा सम्बोधन गरिएका
मागहरु

१. बिदद्यार्थीहरू को प्रमाण पत्रको आधारमा शैक्षिक लोन दिने ब्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने ।
२.बिध्यार्थीहरुलाई अध्ययन सङ्गै part time job को ब्यबस्था गर्नुपर्ने।
३.राष्ट्रिय आवश्यकताको पहिचान गरि सोही अनुसारको पाठ्यक्रम र प्रबिधिको निर्माण गरि आबस्यक जनशक्ति तयार गर्नु पर्ने ।
४. विस्वविध्यालय,क्याम्पस लगाएत सम्पुर्ण शैक्षिक क्षेत्रमा राजनैतिक भागबन्डा खारेज गरि स्वच्छ खुल्ला प्रतिस्पर्धा बाट नियुक्ति गरिनुपर्ने ।
५. सेमेस्टर प्रणालीका आबस्यक पुर्वाधार र शैक्षिक गुणस्तरीयता कायम गरि ब्यबस्तित गरियोस् ।
६. आङ्गिक क्याम्पस भित्र संचालित वयक्तिगत कार्यक्रम हरुलाई खारेज गरि त्रि.वि. को पुर्ण स्वामित्वमा सन्चालन गरियोस् ।
७.स्वास्थ बिमा प्रभावकारी ढंगबाट कार्यान्वयन गरियोस ।
८.परिक्षा नियन्त्रण कार्यालय को सेवा सुबिधा छिटो छरितो र प्रभावकारी बनाइनु पर्ने ,ऑनलाइन मार्फत सेवा प्रवाह गरि १ घण्टा भित्र ट्रांस्क्रीप्ट दिने ब्यबस्था गर्नुपर्ने।
९. पुर्ण छात्रवृत्ति को पारदर्शी कार्यान्वयन गरियोस्
१०. प्रस्नपत्र नेपाली र अङ्ग्रेजी दुबै भाषामा हुनुपर्ने ।
११.सबै क्याम्पस हरुमा शैक्षिक शुल्कमा समानता कायम गर्नुपर्ने ।

उक्त मांगहरु त्रिभुवन विश्वविद्यालय अंतर्गत संचालनमा रहेका विभिन्न क्याम्पस प्रमुख लाई पनि बुझाईएको अखिल (क्रांतिकारी) बिद्यार्थी संग़ठन का जिल्ला संयोजक ताजीम अंसारी ले जानकारी दिए छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter