शुक्रबार, २१ बैशाख २०८१

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

२६ पुष २०७८, सोमबार १६:११ मा प्रकाशित

काठमाडौँ – कोभिड १९ को संक्रमण बढेसँगै सरकारले आगामी १५ माघसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयमा सोमबार बसेको सचिवस्तरीय बैठकले विद्यालयमा १५ गतेसम्म बिदा दिने निर्णय गरेको हो।

मन्त्रालयमा प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिसअनुसार माघ १५ गतेसम्म विद्यालयको कक्षा बन्द गर्ने निर्णय भएको जानकारी दिए।

उनले सीसीएमसीको निर्णय कार्यान्वयनमा लग्दै मन्त्रालयले त्यसको सूचना जारी गर्ने बताए।

यसअघि आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीको बैठकले माघ १५ गतेसम्म विद्यालयमा बिदा दिन मन्त्रालयलाई सिफारिस गरेको थियो।

जनस्वास्थ्यविद्हरूको रायअनुसार सीसीएमसीले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेरमात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको हो।

सीसीएमसीले शिक्षा मन्त्रालयमार्फत निर्णय गराएर संघीय मामिला तथा सामान्य प्रशासन हुँदै प्रदेश र स्थानीय तहलाई सिफारिस गर्न भनेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter