बिहिबार, १३ बैशाख २०८१

बहिर्गमनको निर्णयले बेलायत कमजोर : ब्लेयर

४ चैत्र २०७४, आईतवार २०:५४ मा प्रकाशित

दुबई । यूरोपेली संघ (इयू)बाट हुने बहिर्गमनको निर्णयले बेलायतको स्थानलाई विश्वस्तरमा आर्थिक तथा राजनीतिक रूपमा कमजोर बनाएको पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले आइतबार दुबइमा भएको एक कार्यक्रममा बताउनुभएको छ ।

‘विश्व शिक्षा तथा सिपका लागि छलफल २०१८’ नामक भेलाको दोस्रो दिनको छलफल कार्यक्रममा बोल्दै ब्लेयरले भन्नुभयो, “इयूबाट बाहिरिने निर्णयले बेलायतको सानमा पक्कै पनि आँच आएको छ ।”

विश्व भूराजनीतिक परिवर्तन पश्चिमबाट पूर्वतिर आकर्षित बनिरहेका समय ब्रेक्जिटको प्रभावलाई हेर्नु जरुरी छ ।
उहाँले थप्नुभयो, “एसियामा आसियन, अफ्रिकामा अफ्रिकी यूनियन, दक्षिण अमेरिकामा मर्कोसर जस्ता शक्तिशाली समूह बनेको बताउदै विश्व एकताको बाटोमा हिँडेका दृष्टान्त दिनुभयो । यो केवल इयूको सवाल मात्र होइन ।”

ब्लेयरले बेलायतको नेतृत्वमा रहेका समय सन् २००३ तिर इयूमा गहिरो राजनीतिक सङ्कट देखिएको थियो । ब्लेयरको नेतृत्वमा बेलायत र अमेरिका मिलेर इराकमा युद्ध शुरु गरेका थिए भने इयूका मुख्य शक्तिराष्ट्र जर्मनी र फ्रान्सले यसको विरोध जनाएका थिए ।

बेलायत ४६ बर्षदेखि इयूको सदस्य रहँदै आएकोमा सन् २०१९ को मार्चसम्ममा यसबाट बाहिरिने छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter