शुक्रबार, १४ बैशाख २०८१

नाम मात्रका टाइगर ! प्रेमिकासँग यसरी हुन्छन् थुरथुर

११ फाल्गुन २०७४, शुक्रबार ०६:०४ मा प्रकाशित

बलिउड कलाकार टाइगर श्राफ र दिशा पटानी बीचको अफेयर त बच्चाहरुलाई पनि थाहा भइसक्यो । तर, आफ्नो ब्वाइफ्रेन्डलाई दिशाले कतिसम्म कन्ट्रोलमा राखेकी रहिछन् भन्ने थाहा पाएर तपाईं अचम्भित बन्नुहुनेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिशाले टाइगरका हरेक कुरामा निगरानी राख्छिन् । यतिसम्म कि उनी हरेक दिन टाइगरको फोन चेक गर्छिन् । उनले गर्ने फोन कल, म्यासेजको डिटेल हेर्छिन् ।

टाइगरले अरु कुनै अभिनेत्रीसँग टच गरेर बोलेको उनलाई मन पर्दैन । यही विषयमा उनीहरुबीच बारम्बार ठाकठुक पर्ने गरेको बताइन्छ । यति मात्र होइन, टाइगरले कुनै युवतीको फोटोमा लाइक गरे वा प्रशंसायुक्त कमेन्ट गरे भने पनि उनी सहन्नन् रे ।

टाइगर पनि प्रेमिकासँग थुरथुर हुन्छन् । उनी दिशाको कुनै पनि कुरा काट्दैनन् । दिशालाई नसोधी उनी कुनै फिल्म साइन गर्दैनन् । ज्यादै सुन्दरी भएकाले दिशालाई अरुले नै खोस्ला कि भन्ने भय उनलाई छ ।

टाइगर र दिशा पछिल्लो तीन वर्षदेखि रिलेसनसीपमा छन् । उनीहरुले सार्वजनिक रुपमा आफूहरुबीच प्रेम रहेको भने स्वीकारेका छैनन् । तर, धेरै ठाउँमा नारिएर हिडेको अवस्थामा मिडियाको क्यामरामा कैद भएका छन् ।, यो जोडीले अभिनय गरेको फिल्म बागी २ चाँडै रिलिज हुन लागेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter