बिहिबार, ०६ बैशाख २०८१

विकास र परिवर्तनका लागि शिक्षामा आमूल परिवर्तन गर्छाै : मुख्यमन्त्री राउत

१४ फाल्गुन २०७४, सोमबार १०:०५ मा प्रकाशित

जनकपुरधाम , १४ फागुन  । मुख्यमन्त्री माेहम्म  लालबाबु राउतले शिक्षा निति आफुहरुको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

आसमान नेपाल र एनसीई नेपालको संयूक्त आयोजनामा साेमबार जनकपुरमा सम्पन्न संघीय संरचनामा शिक्षा र सुशासनको सबाल विषयक प्रदेश स्तरीय बहस कार्यक्रममा मुख्य मन्त्री राउतले परम्परागत शिक्षाले मुलुकको विकास र विद्यार्थी भविष्य निर्धारण सम्भव नरहेको उल्लेख गर्दै उत्पादन मुलक शिक्षामा जोड दिइने बताए ।


मुख्य मन्त्री राउतले ‘विकास र परिवर्तनका लागि शिक्षा’ मुल सिद्धान्तलाई अंगिकार गर्दै राज्य सरकारले फास्ट ट्रयाकमा कानून निर्माण गर्न लागेको कुरा समेत जानकारी गराए । प्रितस्पर्धात्मक  शिक्षा नै अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले शिक्षा नीतिलाई सुशासन युक्त बनाउन सरकार तत्पर रहने प्रतिवद्धता समेत जनाएका छन् ।
केन्द्रको ढिला सुस्ती नीति तहत काम गर्न नसकिने उल्लेख गर्दै उनले आजको प्रतिस्पर्धात्मक युगमा बिक्ने खाले शिक्षा नीति निर्माण गर्ने कार्य सरकारले शुरु गरि सकेको जानकारी समेत गराए ।
बहस कार्यक्रममा शिक्षाविदद्वय विद्यानाथ कोइराला र मन प्रसाद वाग्लेले प्राविधिक शिक्षामा राज्य सरकारलाई जोड दिनु पर्ने सुझाव दिएका थिए ।
आसमान नेपालका अध्यक्ष नवलकिशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश भरिबाटै प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter