शुक्रबार, १४ बैशाख २०८१

माधव नेपालको निर्देशनमा नयाँ दल दर्ता, चुनाव चिन्ह कलम

९ असार २०७८, बुधबार २२:३६ मा प्रकाशित

काठमाडौँ – माधव नेपालको निर्देशनमा दर्ता प्रक्रियामा गएको ‘नेकपा एकीकृत’ निर्वाचन आयोगमा दर्ता भएको छ।

वैशाख ७ गते दिएको निवेदनलाई आवश्यक जाँचबुझ गरी आयोगले बुधबार अध्यक्ष जीवन राईलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो। राईका अनुसार पार्टीले चुनावमा चिन्ह दाबी गरे अनुसार कलम पाएको छ।

उक्त चिन्हमा नेपाल पक्षले राष्ट्रियसभामा खिललाल देवकोटालाई उठाएर जिताएको छ। पार्टीको केन्द्रीय सदस्यको संख्या २५ सदस्यीय रहेका छ भने उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन्।

पार्टीको विधानमा ३३ प्रतिशत महिला, १० प्रतिशत युवाको सहभागीता सुनिश्चित गरिएको छ।

नेता नेपाललगायत ११ जनालाई एमालेले पार्टीबाट निष्कासन गरेकाले परिस्थिति हेरेर यही दलमार्फत राजनीति गर्ने योजना उक्त समूहले बनाएको छ। राष्ट्रिय भेला आयोजना गरेर अघि बढ्ने योजना रहेको राईले जानकारी दिए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter