शुक्रबार, १४ बैशाख २०८१

अपत्यारिलो हत्या: यौन सम्बन्ध राख्न सहमतिमै हात खुट्टा बाँधियो तर त्यसपछि घाँटी कसियो

३० आश्विन २०७७, शुक्रबार १६:१६ मा प्रकाशित

बिरगंज – पर्साको कालिकामाई गाउँपालिका-४ मा करिब एक साता अघि भएको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका-२ का ३० वर्षीय शैफुल खान पठान रहेका छन्।

असोज २१ गते कालिकामाई गाउँपालिका-४ मा हातखुट्टा कपडाले बाँधिएको, अनुहार कपडाले बेरिएको अवस्थामा एक महिलाको शव स्थानीय खोलामा तैरिरहेको अवस्थामा भेटिएको थियो। केही दिनपछि मृतककी १८ वर्षीया छोरीले सनाखत गरेपछि ती महिला भारत घर भएकी ४० वर्षीया मैरुन नेसा रहेको खुलेको थियो।

पर्सा प्रहरी प्रमुख गंगा पन्तले पठान र नेसा लामो समयदेखि पर्सामा सँगै बस्दै आएको बताइन्। ‘नेसा छोरीसहित पर्सामा बस्दै आएकी थिइन्। उनीहरु पठानसँग परिवार जसरी बस्दै आएका रहेछन्। केही समयअघि पठान हेटौँडा काम गर्न सरेपछि नेसालाई पनि उतै लैजान खोजेका रहेछन्। तर छोरीले नमानेपछि पठान मात्र हेटौँडामा बस्दै आएको खुलेको छ’, प्रहरी उपरीक्षक-एसपी पन्तले भनिन्।

पठानले नेसा अरु पुरुषहरुसँग पनि शारिरिक सम्बन्धमा रहेको थाहा पाएपछि उनको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ। एसपी पन्तले भनिन्, ‘नेसालाई घरै लैजान्छु भन्दै त्यस दिन बोलाएका रहेछन्। बाटामा शारिरिक सम्बन्ध राख्न सहमतिमै ती महिलाको हात खुट्टा बाँध्नुको साथै अनुहार कपडाले बेरिएको रहेछ। त्यसपछि नेसाको घाँटी कसेको अनुसन्धानबाट खुलेको छ’, एसपी पन्तले भनिन्।

प्रहरीका अनुसार पठान विवाहित हुन्। उनको परिवार कालिकामाई गाउँपालिका-२ मा बस्दै आएको छ। प्रहरीले विश्वासमा नेसाले पठानले भनेअनुसार गरेपनि हत्या आरोपीको योजना भने मार्ने नै रहेको दावी गरेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter