शुक्रबार, १४ बैशाख २०८१

‘संकीर्णता छाडेर मुलुक विकासमा लागौँ, विकसित मुलुक पनि दशकअघि हाम्रै हालतमा थिए’

३ आश्विन २०७७, शनिबार २१:१४ मा प्रकाशित

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारका संकीर्णता छाडेर अब मुलुक विकासमा लाग्न आग्रह गरेका छन् ।

संविधान दिवसका अवसरमा आज देशबासीका नाममा टुँडिखेलबाट विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकसित मुलुकहरू पनि दशकअघि विकासकै शिलशिलामा थिए भन्ने स्मरण गराए ।

‘केही दशकअघि विकसित मुलुकको हालत पनि हाम्रै जस्तो थियो, उनीहरूले विकासका लागि आवश्यक स्रोत र साधन प्राप्तिका लागि उपलब्ध हुने कुनै पनि सम्भावनालाई उम्किन दिएनन् । रंग हैन परिणाममा उनीहरूले जोड दिए,’ ओलीले भने, ‘सोचौँ हामीचाँही किन मुसा मार्ने बिरालो कालो वा सेतै खोजिरा छौँ । अब हामी सबै प्रकारका  संकीर्णता र आग्रह पूर्वाग्रह छोडौँ र विकास र उन्नतिको बाटोमा एकताबद्ध भइ अघि बढौँ ।’

संविधानले कसैलाई विभेद गरेको पुष्टि भए औचित्य र आवश्यकताको आधारमा संविधान संसोधन गरिने पनि उनले फेरि दोहोर्‍याए । उनले भने,’ हाम्रो संविधान सबैलाई अटाउने संविधान हो, आशंका वा अस्पस्टता भए त्यसलाई हटाउन सरकार प्रतिबद्ध छ ।’

अव विकासको काम भइहाल्छ नि भनेर पन्छिने अवस्था नरहेको उनले बताए । अब प्रतिबद्धतालाई परिणाममा बदल्ने विकल्प सरकारसँग नभएको उनले बताए ।

सरकारले जनताको जीवनरक्षा पहिला भनेर हरसम्भव प्रयास गरेको पनि उनले उल्लेख गरे ।  जनतालाई सचेत बनाउँदै जीवनरक्षाका लागि छिमेकी मुलुकभन्दा पहिला नियन्त्रण, रोकथाम र उपचारका लागि काम गरिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारले गरेका कामहरुलाई समीक्षा गर्दा उराठलाग्दो नभएको बताउँदै बरु उत्साहजनक रहेको बताए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीकाबीच पनि समग्र आर्थिक सूचकहरु नकारात्मक नभएको उल्लेख गरे ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter