शुक्रबार, १४ बैशाख २०८१

मौलाना अब्दुल मन्नान सल्फीको स्मृतिमा इंटरनेशनल भर्चुअल श्रद्धांजली सभा सम्पन्न

१२ भाद्र २०७७, शुक्रबार २१:५९ मा प्रकाशित

दोहा,हारून फैजी

अगस्त 25, 2020  मंगलबार राती मौलाना अब्दुल मन्नान सलफी रहिमहुल्लाह को (  उहाँ माथी अल्लाह्को दया,एवम कृपा, अवतरण होस) असामयिक निधन प्रति अन्लाईन इंटरनेशनल   श्रद्धांजली सभा जामिया सिराजुल उलुम का प्रबंधक शैख शमीम अहमद खान नदवी ज्युको अध्यक्षता मा सम्पन्न भयो । जस्मा बिश्वभर फैलियका मुस्लिम समुदायका धर्मगुरु, उहाँका साथी र बिध्यार्थी, एवम आफन्तजन लगायत शुभचिन्तक हरुले सहभागिता जनाउनु भएको छ । उक्त सभाको शुरुआत जामिया सिराजुल उलूम का शिक्षक डॉक्टर अब्दुलगनी अल:कुफी ज्यु को कुरान पाठ बाट भयो । सभाका अध्यक्ष मौलाना शमीम अहमद खान नदवी ज्यु ले उहाँ प्रती  श्रद्धांजली व्यक्त गर्दै मर्हुमको योगदानको सम्झना गर्दै भन्नू भयो ”  लगभग साढे दुई दशक सम्म मेरा सुखदुःख का साथीको असामयिक निधनले मलाई  अति मर्माहत बनाएको छ, उहाँको निधनले जामियाको एक मज्बुत स्तम्भ ढलेको आभास भएको छ , यस्ता ब्याक्तीत्त्व संसारमा खोजेर मात्र भेटिन्छ्न उहाँ मर्हुमको मुस्लिम समुदायमा धार्मिक, शैक्षिक, र समाज सुधार क्षेत्रमा ठुलो योग्दान रहेको छ।
पबित्र स्थल मक्काका धर्मगुरु प्रोफेसर डॉक्टर वसिउल्लाह मुहम्मद अब्बासले (मुफ़्ती हरम मक्का) श्रद्धांजली व्यक्त गर्दै भन्नू भयो ” ईस्लामिक शिक्षा तिब्रगतिमा उठाईदै छ,धार्मिक ब्यक्तित्त्वहरु ठूलो संख्यामा हामी बाट “रुख्सत” हुँदैछ्न उहाँ अख्लाक र  चरित्रको सर्बोच्च शिखरमा हुनुहुन्थ्यो, उहाँको शैक्षिक र रिसर्च मस्यौदा प्रती सबैको बिश्वास थियो ।अल्लाह उहाँको चिहानलाई स्वर्गको बगैचा बनाउन आमिन,।
अध्यक्ष मर्कजी जमिअत अहले हदिस (भारत) मौलाना अस्गर अलि मेहदी ले उहाँको निधनका कारण  मुस्लिम समुदायले शैक्षिक, तथा धार्मिक क्षेत्रमा ठूलो हानी पुगेको बताउदै भन्नु भयो आज हामी एउटा बरिस्ठ धर्मगुरु, मिलनसार ब्यक्तीत्त्व, उत्तम लेखक,र असल पर्वचक ( खतिब) लाई गुमाएका छौं ।
बेलायत बाट सहभागी हुनुभएका शैख शेर:खान जमील अहमद उमरीले  मौलान मर्हुम संग बिताएको पलको जिकिर गर्दै भन्नू भयो उहाँ एउटा  मेहमान नवाज ( पाहुना सत्कार) मिलन सार,इश:भय राख्ने ब्यक्तीत्त्व, (तक़वा शेअर) स्व्च्छ हृदय दिन्दार,शिक्षाप्रेमी हुनुहुन्थ्यो, विश्व यूनिवर्सिटी मदीनाका प्रोफेसर डाक्टर अल्ताफुर्रह्मान सिराजी मदनीले उहाँको खुबीको जिकिर गर्दै भन्नू भयो हामिले उहाँले लेखेको किताब, लेख, शिर्षक, तथा धार्मिक प्रवचन बाट धेरै फाईदा लिनु पर्छ र हेर्नुपर्छ कि उहाँ भित्र आखिर त्यो कुन चिज थियो, वा तरिका, वा बर्णन गर्ने अन्दाज, थियो जस बाट मानिस प्रभावीत हुन्थे”।
मौलाना वसिउल्लाह मदनी ज्यु ले शैख( रहिमहुल्लाह)को उच्च चरीत्र बयान गर्दै भावुक हुनु भयो र भन्नु भयो ” उहाँ( रहिमहुल्लाह) मलाई आफ्नो सानो भाइ सरि मान्नु हुन्थ्यो आज हाम्रो ठुलो भाइ हामी माझ हुनुहुन्न भन्ना साथ उहाँका आँखा रसाय, मौलाना मर्हुमका जेठो छोरा जामिया सिराजुल उलुमका शिक्षक  शैख़ सउद अख्तर सलफीले भावुक हुँदै भन्नू भयो ” प्रीय पिताको असामयिक निधनले हामी अति मर्माहत भएका छौं तर भाग्य माथी हामी ईमान राख्द्छौ, उहाँ अल्लाह (ईश्वर)को अमानत हुनुहुन्थ्यो अल्लाह (ईश्वर)ले वापस लिनु भयो, हामी अल्लाह को अटल फैसला प्रती राजी छौं, उहाँले प्रीय पिताको  जनाजहको ( गाएबाना) नमाजको लागि आग्रह गर्नु भयो साथै यस कुराको पनि चर्चा गर्नु भयो यदि उहाँको कारणले कसैलाई  दुख वा तक्लिफ़ पुगेको भए क्षमा गरिदुनुहोला र यदि कसै संग लेनदेनको ब्यवहार छ भने यथाशीघ्र भन्नुहोस हामी  उहाँका सन्तान तिर्नको लागि  तत्पर छौं” उहाँ बाहेक मौलाना खुर्शीद अहमद सलफी, मौलाना अब्दुल रशीद मदनी ,डाक्टर सईद अहमद अस्री, मौलाना जमिर अहमद अब्बास मदनी, मौलाना अब्रार अहमद मदनी,मौलाना मुहम्मद शोएब मदनी, मौलाना मशहुद आलम सेराजी नेपाली, मौलाना जैश मुहम्मद मक्की,ले पनि श्रद्धांजली प्रकट गर्दै उहाँको “मग्फिरतको” दुवा गर्नु भयो।
उक्त श्रद्धांजली शभा राती २:१५ सम्म जारी भइ श्रद्धांजली शभा का अध्यक्ष मौलाना शमीम अहमद खानको अंतिम दुवाका (प्रार्थना) साथ सम्पन्न भयो , सभा संचालक को जिम्मेवारी जामिया सिराजुल उलूम का शिक्षक शैख खालिद रशीद सेराजीले निर्वाह गर्नु भयो  ।।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter