शुक्रबार, १४ बैशाख २०८१

हङकङलाई दिँदै आएको विशेष हैसियत अन्त्य भएको अमेरिकाको घोषणा

३१ असार २०७७, बुधबार २१:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपतिले हङकङलाई प्रदान गरिएको विशेष हैसियतलाई अन्त्य गर्ने एक आदेशमा हस्ताक्षर गरेका छन्।

बिबिसीमा प्रकाशित समाचारका अनुसार राष्ट्रपति ट्रम्पले चीनप्रति कडा नीति अँगाल्ने क्रममा पछिल्लो कदम चालेका हुन्।

मंगलबार ह्वाइटहाउसमा संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले चीनले जुलाई एकबाट हङकङमा लागु गरेको नयाँ सुरक्षा कानुनका लागि चीनविरूद्ध यो कदम चालिएको बताए।

‘हङकङलाई अब मूख्यभूमि चीनलाई गरिएझैं व्यवहार गरिनेछ’, उनले भने।

ट्रम्पले हङकङमा मानव अधिकारको हनन गर्ने चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाउने एक विधयेकमा पनि हस्ताक्षर गरेको बताए।

विश्वको आर्थिक राजधानी मानिने हङकङका नागरिकले मूख्यभूमि चीनका नागरिकले नपाउने केही विशेष अधिकारको उपभोग गर्दै आइरहेका छन्।

चीनले ल्याएको नयाँ सुरक्षा कानुनले ती अधिकारको अन्त्य गर्ने हङकङका स्वतन्त्रता पक्षधरले बताउँदै आएका छन्।

पछिल्लो समय हङकङ र कोरोना भाइरसको विषयमा चीन र अमेरिकाबीच तनाव रहँदै आएको छ।

चीनले आफूले ल्याएको कानुनका लागि अमेरिकाले आफूलाई दण्डित गरे त्यसको कडा प्रतिकार गर्ने चेतावनी यसअघि नै दिइसकेको छ।

मंगलबार अमेरिकाले हङकङलाई दिदैं आएको विशेष हैसियत खारेज गर्ने निर्णयले दुबै देशबीच थप राजनीतिक संकट गहिरिने अनुमान छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter