शुक्रबार, १४ बैशाख २०८१

भारतीय न्यूज च्यानलको बन्देज खोल्न सकिँदैन, सञ्चारमन्त्री खतिवडा

२८ असार २०७७, आईतवार २३:३३ मा प्रकाशित

सरकारले भारतीय न्यूज च्यानलमाथिको बन्देज तत्काल खोल्न नसकिने स्पष्ट पारेको छ।

प्रधानमन्त्री केपीशर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो।

मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताए।

सञ्चार मन्त्रालय समेत सम्हालेका अर्थमन्त्री डा. खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल नखोलिने बताएका हुन्।

भारतीय न्यूज च्यानल दुरासायपूर्ण रुपले अगाडि बढेकाले तत्काल प्रतिवन्ध नहट्ने उनको भनाइ छ। ‘नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ, राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यवद्धता हामीले प्रदर्शन गरेका छौँ’ उनले भने ‘एकताबाट तर्सेर, चित्त नबुझेर भएपनि स्वस्थ छलफलबाट अघि बढ्न सकिन्छ तर भारतीय मिडियाको कदमलाई हामीले दुरासायपूर्ण भनिसकेका छौँ।’

सेवा प्रदायकहरुले स्वतस्फुर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिवन्ध लगाएकोमा स्वागत गर्दै उनले ती मिडियाहरु नसुध्रिदासम्म प्रतिवन्ध कायम राख्न आग्रह गरे।

नेपालले अद्यावधिक नक्सा जारी गरेदेखि नै भारतीय सञ्चार माध्यमहरुले आपत्तिजनक सामग्री प्रकाशन प्रशारण गर्दै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम नै जोडेर विभिन्न सामग्री प्रकाशन प्रशारण भएपछि नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter