शुक्रबार, १४ बैशाख २०८१

बालुवाटारसँगै देशभरि ठाउँ-ठाउँमा प्रदर्शन, को हुन् प्रदर्शनकारी?

२९ जेष्ठ २०७७, बिहीबार २०:५४ मा प्रकाशित

पोखराकी युवा अभियन्ता मोनिका रानाभाटले बुधबार फेसबुकमा भिडिओ राखेर एउटा अपिल गरिन्। अपिलमा बिहीबार पोखराको शहिदचोक जिल्ला प्रशासन कार्यालयका अगाडि बिहान ११ बजेदेखि हुन गैरहेको शान्तिपूर्ण प्रदर्शनबारे जानकारी र सहभागिताको अनुरोध थियो।

मोनिकाको अपिलजस्तै फेसबुकमा सल्लाह गरेर युवाहरू बिहीबार देशका विभिन्न ठाउँमा प्रदर्शनमा उत्रिए।

कोरोनाभाइरसको महामारी रोक्न लकडाउन गरेको ८१ औं दिनमा आइपुग्दा नागरिकस्तरबाट सरकारका कामको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन भएको हो।

काठमाडौं, पोखरा, चितवन, धरान, वीरगञ्जलगायत देशका विभिन्न ३० सहरमा नागरिकस्तरबाट सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन भयो।

प्रधानमन्त्री निवास बालुवाटारअगाडि सडकमा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज, पानीका फोहरा र प्रदर्शनकारीलाई तितरबितर पार्दै गैरीधारामा अश्रृग्यास प्रहार गर्‍यो।

सरकारले घोषणा गरेको लकडाउनको समयावधि सकिन अझै तीन दिन बाँकी छ। कोरोना संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेका छन्। बुधबारसम्म ४३६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भइसक्यो।

यस्तो अवस्थामा मानिसहरू किन सरकारको विरोधमा सडकमा उत्रिए? प्रदर्शनकारीको नेतृत्व कसले गरेको छ र उनीहरू के चाहन्छन्?

सरकारका गतिविधिविरूद्ध प्रदर्शनमा उत्रिएकामध्ये काठमाडौंमा रहेका आलोक सुवेदीले यो नागरिकस्तरबाट भएको गैरराजनीतिक प्रदर्शन भएको बताए।

‘यो नागरिकस्तरबाट गरिएको बिल्कुलै गैरराजनीतिक र शान्तिपूर्ण प्रदर्शन हो,’ उनले भने, ‘देशभरका युवाहरू फेसबुकमार्फत् जोडिएर विभिन्न सहरमा प्रदर्शन गरिरहेका छन्।’

सरकारका पछिल्ला गतिविधिबाट असन्तुष्ट युवाहरू फेसबुकमा ‘कोभिड-१९ नेपाल: इनफ इज इनफ’ समूह बनाएर स्वत:स्फूर्त रूपमा प्रदर्शनमा उत्रिएको उनले बताए। उनीहरूको फेसबुक पेजमा बिहीबारसम्म ८८ हजारभन्दा बढी युवा आवद्ध भइसकेका छन्।

प्रदर्शनकारीका माग के छन्?

पोखराकी मोनिकाले  क्वारेन्टिनमा नेपाल सरकार र डब्लुएचओको मापदण्ड अनुसारका सुविधा नभएको र कोरोना संक्रमणको पिसिआर परिक्षण बढाउनु पर्ने बताएकी छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter