शुक्रबार, १४ बैशाख २०८१

नेपाल-भारत सीमा विवाद उल्लेख गर्दै इमरान खानले भने- मोदी सरकार छिमेकीका लागि खतरा भयो

१४ जेष्ठ २०७७, बुधबार २२:०० मा प्रकाशित

इस्लामाबाद / एजन्सी

पाकिस्तानका प्रधानमन्त्री  इमरान खानले नेपाल-भारत सीमा विवादलाई पनि उल्लेख गर्दै नरेन्द्र मोदी नेतृत्वको भारत सरकार छिमेकी देशका लागि खतरा भएको बताएका छन्।

बुधबार दिउँसो ट्वीट गर्दै इमरान खानले हिन्दु अतिवादी मोदी सरकारले नाजीको जस्तो विस्तारवादी नीति लिएको उल्लेख गरेका छन्।

‘बंगलादेशमा नागरिकता कानुनले, नेपाल र चीनसँग सीमा विवादले र पाकिस्तानलाई आक्रमणको धम्की दिएर अभिमानी विस्तारवादी नीति भएकोको हिन्दुत्व श्रेष्ठतावादी मोदी सरकार भारतका छिमेकका लागि खतरा बनिरहेको छ,’  खानले लेखेका छन्।

जम्मुकस्मिरलाई जेनेभा कन्भेन्सनको विपरित भारतमा गाभेपछि आफूले फासिस्ट मोदी सरकार भारतका अल्पसंख्यकलाई दोस्रो दर्जामा झार्नेमात्र होइन यो क्षेत्रकै शान्तिका लागि खतरा भएको आफूले ठान्दै आएको खानको भनाइ छ।

पछिल्लो समय नेपाल र भारतबीच लिम्पियाधुरा क्षेत्रको अतिक्रमणलाई लिएर मतभेद सतहमा आएको छ।

भारतले उक्त क्षेत्रमा सडक बनाएपछि नेपालले जवाफमा उक्त क्षेत्रलाई आफ्नो सीमाभित्र समेट्दै नयाँ नक्सा जारी गरेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter