मङ्गलबार, ०६ चैत २०८०

तत्कालै २५ हजारलाई स्वदेश फर्काउने तयारीमा छौँ – परराष्ट्र मन्त्री ज्ञवाली

११ जेष्ठ २०७७, आईतवार २३:३८ मा प्रकाशित

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सरकारले तत्कालका लागि २५ हजार नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको बताएका छन्।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले प्राथमिकताको आधारमा पहिलो चरणमा २५ हजार नेपालीलाई फर्काउन लागेको जानकारी दिए।

‘अहिले सबै आउन चाहेकालाई फर्काउन संभव छैन। हामीले नेपालीहरु भएका देशका सरकारसँग विभिन्न तरिकाले कुराकानी गरिरहेका छौं’ मन्त्री ज्ञवालीले भने, ‘अहिले जोखिममा परेका, टिकट लिएर आउन नपाएका, विभिन्न आरोप लागेर आम माफी पाएकाहरुलाई पहिलो चरणमा ल्याउन लागिएको हो।’

मन्त्री ज्ञवालीले कहिले ल्याउने भनेर समय भने तोकेनन्।

२०६८ सालको जनगणना अनुसार अहिले विश्वका १ सय ९ राष्ट्रमा (भारत बाहेक) ३४ लाख ५९ हजार नेपाली रहेको जानकारी उनले बैठकलाई गराएका थिए।

विदेशमा रहेकाहरुलाई रोजगारीमा निरन्तरता दिनका लागि सम्बन्धित देशहरुसँग कुराकानी भएको समेत उनले जानकारी दिए। सरकारसँग स्रोतसाधनको कमी भएकाले आउन चाहने सबैलाई ल्याउन नसिकने समेत उनले बताए।

मन्त्री ज्ञवालीले कुटनीतिक र राजनीतिक तवरले नै नक्सा अनुसारको भूमि फिर्ता गरिने जानकारी समितिलाई गराएका थिए।

‘लिम्पियाधुरासम्मको भूमि हाम्रो हो भन्ने हामीसँग यथेष्ट प्रमाण छन्। विगतमा कसले के गर्यो भन्नेतिर गएर हुँदैन’ उनले भने, ‘यसलाई कुटनीतिक र राजनीतिक तवरले नै समाधान गर्नुपर्छ।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter