मङ्गलबार, ०६ चैत २०८०

नरैनापुरमा एक प्रहरीलाई कोरोना देखिएपछि चौकी सिल, सरकारसँग सहयोग माग्यो गाउँपालिकाले

११ जेष्ठ २०७७, आईतवार २३:२८ मा प्रकाशित

बाँकेको नरैनापुर गाउँपालिकामा एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी चौकी सिल गरिएको छ।

नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत २३ वर्षीय प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएलगत्तै शनिबार बेलुकी नै चौकी सिल गरिएको हो। संक्रमित प्रहरी जवानको घर गुल्मी हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहका अनुसार संक्रमित प्रहरी जवान क्वारेन्टिनको ड्युटीमा खटिएका थिए।

नरैनापुर-३ स्थित प्रहरी चौकी सिल गरी त्यहाँ कार्यरत सबै ९ जना प्रहरीको स्वाब संकलन गरेर परीक्षणमा पठाइने प्रवक्ता सिंहले बताए।

यसबीच नरैनापुर गाउँपालिकाले कोभिड–१९ का कारण भयावह स्थिति हुन सक्ने भन्दै तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ।

गाउँपालिकाले क्वारेन्टिनबाट समुदाय स्तरसम्म संक्रमण फैलिने सम्भावना देखिएको भन्दै स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन संघीय सरकार, प्रदेश सरकार, जिल्ला सुरक्षा समिति र कोभिड–१९ संक्रमण नियन्त्रण तथा व्यवस्थापन समिति बाँकेको ध्यानाकर्षण गराएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए।

प्रदेश ५ को पिछडिएको क्षेत्र नरैनापुर गाउँपालिकामा शिक्षा र चेतनाको कमीका कारण कोभिड–१९ प्रति अन्धविश्वासले समस्या निम्त्याएको प्रमुख प्रशासकीय अधिकृत खरालको भनाइ छ।

भारतका कोरोना प्रभावित क्षेत्रबाट अझै हजारौं मानिस आउन सक्ने सम्भावना औंल्याउँदै उनले त्यसबाट जोखिम झनै बढ्न सक्ने आकलन गरेका छन्।

नरैनापुर गाउँपालिकामा शनिबार बेलुकीसम्म १ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने नरैनापुर-५ का २५ वर्षीय एक युवाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter