मङ्गलबार, ०६ चैत २०८०

कोभिड–१९ र लकडाउनमाथि शुक्ष्म मनन गरौं ।

नज़रुल हसन फ़लाही

११ जेष्ठ २०७७, आईतवार २३:२० मा प्रकाशित

 

हाल विश्वब्यापी महामारीको रुपमा देखापरेको कोरोना भााइरसलाई कोभिड–१९ नामाकरण गरिएको छ । यस भाइरसको संव्रmमणपछि देखिने लक्षणबारे अहिलेसम्म विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० स्वयं कुनै नतिजामा पुग्न सकेको छैन । यस सम्बन्धमा उसको बयान फेरिइरहेको छ । यसको औषधी पनि कतिदिन भित्र बन्छ भन्ने कुराको कुनै निश्चित छैन । यो फैलिने माध्यम र यसबाट बच्ने जुन तरिका बताइरहेको छ यो व्रिmकेट खेलको कमेन्ट्रीको माध्यमबाट फैलाइने त्रास र उत्तेजना जस्तै यसको त्रास संचार माध्यम र सरकारले फैलाइरहेका छन् । यसबाट जुन परिणाम आइरहेको छ र आउने छ यी सबैलाई मध्यनजर राख्दा केही कुरा दिमागमा आइरहेको छ । सोचविचार गर्नको लागि त्यसलाई तपाईहरु सामुन्ने राख्ने प्रयास गरिरहेको छु ।
१. के केवल कोरोनाबाट मात्रै मृत्यू हुन्छ या अरु पनि धेरै रोगहरु छन् जसको उपचार गरिएन भने त्यसबाट पनि मृत्यू हुन सक्छ ? कोरोना भाइरसको संक्रमण बाहेकका रोगहरुको औषधी उपचार पनि उपलब्ध छ । तर ती रोगहरुको उपचारको सुबिधा नपाउनाले धेरै मानिसहरु ती रोगहरुबाट मरिरहेका छन् । हृदयघात लगायत यस्ता केहि रोगहरु छन् जसबाट हुने मृत्यूदर अहिलेको कोरोना भाइरसबाट भइरहेको मृत्यूदरभन्दा अधिक छ ।
मेरो प्रश्न यो छ कि यस्ता कैयन रोगहरु जसको उपचार पनि उपलब्ध छ र ती रोगहरुबाट पनि ठूलो संख्यामा मानिसहरु मर्ने गरेका छन् भने ती रोगीहरुको लागि अस्पतालको ढोका किन बन्द गरिएको हो ? ती अस्पतालहरु खोल्नुपर्ने आवश्यकता किन महसुस गरिएको छैन, ती अस्पतालहरु खोल्ने र उपचारको लागि ब्यबस्थित गर्न किन केहि गरिएको छैन ?
२. यदि कोरोना भाइरसको संव्रmमणको बिरुद्ध कुनै औषधी नै छैन भने यसको उपचार के हुन्छ ? ठूलो संख्यामा मानिसले यसको उपचार कसरी पाइरहेका छन् र कसरी निको भएर घर फर्किरहेका छन् ? विश्वमा कोरोनाको संक्रमितहरु मध्ये करिब ४१% निको भएर घर फर्किरहेका छन् भने ६% को मृत्यू हुने गरेको छ ।
३. कोरोना भाइरसबाट मर्नु मात्र मृत्यु हो या भोक र अरु रोगहरुबाट मर्नु पनि मृत्यु हो ? यदि यो पनि मृत्यु हो भने भोक र अन्य रोगबाट हुने मृत्युबाट पनि बचाउने कोशिस हुनुपर्छ कि पर्दैन ? जीवन मानिसको लागि प्रिय छ र मृत्यूबाट बच्नु छ, पैसा त जीवन भए कमाइ हालिन्छ नि भन्ने गरिन्छ । यदि यसो हो भने के कोरोनाबाट मात्र मृत्यू हुन्छ, भोक र अन्य रोगबाट मानिसको मृत्यू नै हुदैन ? तर विश्वमा भोक र अन्य रोगबाट मानिसहरु कोरोनाबाट भन्दा कैयन गुणा बढी मरिरहेका छन् । त्यसैले लकडाउन लम्ब्याउने निर्णय गर्नु अघि यस कुरामा पनि हेक्का राख्न जरुरी छ ।
४. नेपाल जहाँ खाद्यान्न र औषधीहरु बिभिन्न असुरक्षित हातबाट त्यसका उपभोक्तासम्म पुग्दछ अर्थात ती सामान बेच्ने र हामीसम्म पुर्याउने हात सुरक्षित छैनन् । स्वास्थ्यविदहरुको भनाई अनुसार त कोरोना भाइरस घरका सामान र पैसा हुदै पनि घरभित्र भित्रिन सक्छ । त्यसैले यसको रोकथामको एकमात्र माध्यम बन्दाबन्दी (लकडाउन) लाई किन मानिन्छ ?
५. लकडाउन र कोरोनाको कमेन्ट्रीको कारणले मानिसहरु मानसिक रोगी भइरहेका छन, भोकबाट मरिरहेका छन् र ठूलो संख्यामा लुटमार र हत्याका घटना हुने खतरा बढिरहेको छ । यदि यस्तो परिस्थिती आइपुग्यो भने त्यसको जिम्मेवार को हुन्छ ?
६. मृत्युबाट बचाउने नाममा आम नागरिकलाई मृत्युको मुखतर्फ धकेल्नु कस्तो बुद्धिमानी हो ?
७. हाम्रो मुलुक जसले भोकालाई खाना दिन सक्दैन, बेरोजगारलाई रोजगारी दिन सक्दैन, पुरै मुलुकलाई भोकमारीको शिकार बनाएर अन्य रोगको उपचार गर्न नदिइ कसको ज्यान बचाइरहेको छ ?
८. यदि यसको उपचार भौतिक र सामाजिक दुरी कायम राख्नु, साबुन पानीले हात धुनु या स्यानेटाइजरले हात सफा गर्नु, मास्क लगाउनु, र आफ्नो शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनु हो भने यी सबै सावधानीका उपायहरु हुन् । त्यसैले यी सबै खाले सावधानीलाई अपनाउदै ब्यबसायिक जीवन खुल्ला किन नगर्ने ?
९. यस रोगको कारणबाट मर्ने मानिसहरुको मृत शरीरका साथ जुन अमानवीय ब्यबहार गरिन्छ त्यसको खास कारण के हो ? मर्नुभन्दा पहिले डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुले जुन सावधानी अपनाएर उसको हेरचाह र उपचार गरिरहेका थिए तिनै सावधानीका उपायहरु अपनाएर आ–आफ्नो धर्म संस्कृति मुताबिकका काजव्रिmया (अन्तिम संस्कार) किन हुन सक्दैन ?
एउटा अर्को सोचनीय कुरा यो छ कि मृत शरीरमा कोराना भाइरस कति समयसम्म जीवित रहन सक्छ, यसले कति टाढासम्म मानिसलाई आव्रmमण गर्न सक्छ र यो कति असरदार हुन्छ ? यदि यस्तो केही छैन भने यति बढी त्रासपूर्ण ढंगबाट मृत शरीरलाई जंगली जनावरलाई जस्तो ब्यबहार किन गरिन्छ ? अर्को कुरा यदि उक्त मृत शरीरमा कोरोना भाइरस छ भने त्यो जति समयाबधीसम्म त्यहाँ सव्रिmय रहन सक्छ त्यति समयाबधीसम्म मृत शरीरलाई कुनै सुरक्षित स्थानमा राखियो अनि उसको आफन्तको हवाला गरिदिएपछि पनि भाइरसबाट बच्न गर्नुपर्ने सावधानी अपनाएर अन्तिम संस्कार गरियो भने के फरक पर्दछ ? आखिर मानिसको मृत्युपछि पनि उक्त भाइरसप्रति किन यस्तो त्रासदी फैलाइन्छ कि मृत शरीरबाट उठेर अन्तिम संस्कारमा संलग्न मानिसहरुलाई आव्रmमण गर्ला भनेर ? मृत शरीरलाई यस्तो घृणित ब्यबहार गर्नुको कारण के हो ?
१०. आखिर मानिसहरुलाई घरैमा राखेर सरकार र विश्व स्वास्थ्य संगठन (ध्ज्इ) कोरोना भाइरसको संव्रmमण, मृत्यु आदिको कमेन्ट्री किन सुनाइरहेका छन् ?
यी त मेरा केही प्रश्नहरु थिए । अब लकडाउनबाट जुन नोक्सानी भइरहेको छ त्यसलाई म तपाईहरु समक्ष पेश गर्दछु ।
१. मुलुकमा बेरोजगारी बढिरहेको छ जुन पहिले नै अधिक थियो जसका कारण ५० लाखभन्दा बढी मानिसहरु बैदेशिक रोजगारमा जान बाध्य छन् ।
२. मुलुकको अर्थतन्त्र ध्वस्त भइरहेको छ ।
३. मानिसहरु आर्थिक गतिविधि गर्न नपाएर आय आर्जनको बाटो बन्द भई भोकले मरिरहेका छन् ।
४. मानिसले बिभिन्न खाले प्राणघातक रोगको उपचार नपाउनाले ती रोगका कारण मरिरहेका छन् ।
५. मानिसहरुमा मानसिक रोग बढ्दै गइरहेको छ जसको कारणले यस अवधीमा आत्महत्या गर्नेको अनुपात सामान्यभन्दा अधिक भएको छ ।
६. लकडाउनका कारण सम्पूर्ण शिक्षण संस्थाहरु बन्द छन्, बार्षिक परीक्षाहरु हुन पाइरहेको छैन जसका कारण लाखौ बिध्यार्थीहरुको शैक्षिक गतिबिधि लथालिङ्ग बन्न पुगी उनीहरु मानसिक रोगी हुन सक्ने खतरा बढेको छ ।
७. घरेलु हिंसा, महिला हिंसा, बाल हिंसा सामान्य समयमा भन्दा अधिक भएको छ ।
८. मानिसहरुबाट मानवताको भावना ह्रास हुदै गइरहेको छ जसको परिणाम स्वरुप स्वास्थ्य र सुरक्षामा काम गर्ने ब्यक्तिहरुलाई आफ्ना गाउँ, टोल घरबाट टाढा गर्ने प्रयत्न भइरहेको छ ।
९. चोरी डकैतीका घटना शुरु भएका छन् जुन बढ्दै जानेछन् ।
यदि यो कोरोना भाइरसको संव्रmमणको बिरुद्ध कुनै उपचार नै छैन, औषधी नै छैन र यो हाम्रो जीवनकालभरि बाँकी रहिरहन्छ भने यसको संव्रmमण हुनबाट बच्ने बहानामा लकडाउन कहिलेसम्म कायम राख्ने ?
त्यसैले मेरो सुझाव यस प्रकार प्रस्तुत गर्न चाहन्छुः
१. सारा राजनैतिक स्वार्थ र घृणित फाइदाबाट माथि उठेर समाज र राष्ट्रको भलाईको लागि लकडाउनलाई ब्यबस्थित गर्दै त्यसलाई अन्त्य गर्नेतर्फ व्रmमशः अगाडि बढेर त्यसको अन्त्य गरियोस् ।
यदि लकडाउनको विकल्प छैन, रोगबाट बच्ने यहि एउटा मात्र उपाय हो भने सबैलाई पूर्ण रुपमा लकडाउनमा राखियोस् । यदि जरुरी सेवाको नाममा केहि ब्यक्तिहरुलाई पाबन्दीबाट अलग राखिन्छ भने भाइरसको संव्रmमण ती ब्यक्तिको कारणबाट पनि बाँकी रहन्छ । त्यसैले सबै ब्यक्तिहरुलाई पाबन्दीका साथ लकडाउनको पालना गर्न लगाइयोस् ताकि सारा रोग एकैपटक खतम हुन सकोस् । यदि केहि ब्यक्तिहरुलाई सावधानीका साथ आफ्नो काम गर्न दिइन्छ भने त्यस्तै सावधानी अपनाएर अरुलाई पनि काम गर्ने छुट दिइयोस् ।
२. सम्पूर्ण अस्पताल र स्वास्थ्य संस्थाहरु सबै प्रकारका रोगको उपचारको लागि खोलियोस् ।
३. सावधानी अपनाउनका लागि मानिसहरुमा जनचेतना फैलाइयोस् र यसको पाबन्द बनाइयोस् ।
४. मानिसलाई आफ्नो शरीर भित्र रोग प्रतिरोधात्मक शक्ति बढाउनको लागि सल्लाह सुझाव दिइयोस् । हालसम्मको लकडाउनको कारण रोजगार गुमाउन पुगेका लाखौं नागरिकहरु मध्ये दैनिक आय आर्जनबाट गुजारा गरिरहेका परिवारलाई तुरुन्त खाद्य प्याकेज प्रदान गरियोस् ताकि उनीहरुको शरीमा रोग प्रतिरोधात्मक शक्ति बढाउन पर्याप्त पोषक तत्व प्राप्त हुन सकोस् ।
५. कोरोना भाइरस संव्रmमणको परीक्षणको दायरा बढाइयोस् र ध्ज्इ ले सिफारिस गरेको र भरपर्दो परीक्षण किट मात्र प्रयोग गरियोस् । यसको जे जस्तो उपचार हुनसक्छ देशभरका अस्पतालमा त्यसको उचित प्रबन्ध मिलाइयोस् ।
६. हाल सरकारले कोरोना संक्रमणको जाँच गर्न च्म्त् परीक्षण किटको प्रयोगलाई प्राथमिकता दिइरहेको देखिन्छ जुन कोरोना परीक्षणको भरपर्दो बिधि होइन । यसको कारणले एकातिर नतिजा पोजिटिभ देखाएर मानिसमा त्रासमाथि त्रास फैलिरहेको छ भने अर्को तिर गलत नतिजाको कारण कोरोना संक्रमितहरु गाउँ गाउँ पुगिरहेका छन् । त्यसैले च्म्त् किटको प्रयोग बन्द गरी बढि भरपर्दो एऋच् किटको प्रयोग गरियोस् । ध्ज्इ ले नै भरपर्दो नभएको भनिएको च्म्त् किटको प्रयोग गरी कोरोना संक्रमण परीक्षणबाट पोजिटिभ देखिएको ब्यक्तिमा एऋच् प्रबिधिबाट परीक्षण गर्दा नेगेटिभ नतिजा आउने गरेको त्यस्तै नेगेटिभको पोजिटिभ आउने गरेका थुप्रै प्रमाण फेला परेका छन् । यस्तो परिस्थितिमा च्म्त् ले नेगेटिभ देखाएको आधारमा क्वारेन्टाइन वा सिमाबाट नेपाल प्रवेश गरेका ब्यक्तिलाई घर पठाउँदा संक्रमण फैलिने अत्यधिक संभावना रहेको छ ।
७. कोरोना भाइरसको संव्रmमणको उपचारमा आयुर्वेदिक र होमियोप्याथिक डाक्टरको सेवा समेत लिइयोस् ।
८. उपासना गृहमा उपयुक्त ब्यबस्थापनका साथ सावधानीपूर्वक उपासन गर्न अनुमति दिइयोस् ।
९. बन्द रहेका शिक्षण संस्थाहरु सुरक्षित तबरबाट खोल्ने र रोकिएका बार्षिक परीक्षा संचालन गर्न उचित ब्यबस्था मिलाइयोस् । अन–लाइन शिक्षा र परीक्षाको कुरा आइरहेको छ जुन वर्तमान अबस्थामा संभब छैन । त्यसैले लकडाउनलाई ब्यबस्थित गरेर मात्र शिक्षण संस्था खोल्न र परीक्षा संचालन गर्न सकिन्छ ।
१०. छिमेकी मुलुक भारतबाट नेपाली नागरिकलाई सहजरुपमा प्रबेश गराई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने ब्यबस्था गरियोस् । क्वारेनटाइनमा भौतिक दूरी कायम गराउने, सरसफाई, दैनिक स्वास्थ्य परीक्षण, सामान्य उपचार सेवा र खानाको उचित ब्यबस्था गरियोस् । क्वारेन्टाइन यस्तो नहोस् कि एकजना संक्रमित ब्यक्तिबाट पुरै क्याम्पका मानिसहरु संक्रमित बन्न पुगुन् । क्वारेन्टाइन ब्यबस्थित हुँदा र त्यहाँ स्वास्थ्य परीक्षणको कुनै ब्यबस्था नहुँदा अहिले क्वारेन्टाइनमा रहेका धेरै मानिसहरु संक्रमित बन्दै गएका छन् । त्यस्तै हवाई उडानबाट आएका स्वदेशी तथा बिदेशी नागरिकलाई अनिवार्य रुपमा दुइहप्ते क्वारेन्टाइनमा राख्ने ब्यबस्था मिलाइयोस् ।
११. रोजगारी गुमेर बिदेशका क्वारेन्टाइन क्याम्पमा फसेका र लकडाउनको कारण स्वदेश फर्कन नपाएका नेपाली नागरिकहरुलाई तुरुन्त स्वदेश फिर्ता ल्याईयोस् ।
यदि यी चीजहरुलाई ब्यबहारमा उतारियो भने इन्शाअल्लाह यो रोग पनि खतम हुन्छ र हामी यो रोगमाथि विजय हासिल गर्न सक्नेछौं र मुलुकमा भागदौड, हङ्गमा भई मुलुकको अबस्था बिग्रने छैन ।
मृत्यूको अप्राकृतिक डरबाट बाहिर निस्किएर यसमाथि चिन्तन मनन गरियोस् । ताइवानले लकडाउन नगरी यस रोगलाई नियन्त्रण गर्यो र अन्य राष्ट्रहरुमा जहाँ लकडाउन भएको थियो त्यहाँ पनि बिस्तारै बिस्तारै लकडाउन कम गर्दै व्यबस्थित गर्दै लगिएको छ । त्यसैले नेपालमा मात्र लकडाउन र त्यसको कडाईका साथ पालना गराउने नाममा मानिसहरुलाई किन रोगी बनाइदैछ र भोको राखेर तथा अन्य रोगले च्यापेर मर्न बाध्य पारिदैछ र मुलुकलाई किन बर्बादीको तर्फ धकेलिरहेको छ ?
मेरा यी केही सुझावहरु हुन् जसमाथि मनन गर्न जरुरी छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter