मङ्गलबार, ०६ चैत २०८०

कोरोना निको भएर घर फर्किए कपिलवस्तुका १० जना

११ जेष्ठ २०७७, आईतवार ०१:३१ मा प्रकाशित

१० जेठ, बुटवल । बुटबलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना निको भएर घर फर्किएका छन् ।

उनीहरू सबै कपिलवस्तुका हुन् । दुई साताअघि अस्पताल भर्ना भएका उनीहरुको पछिल्लो २४ घण्टामा दुई पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट लगातार नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

धागो कारखानाको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए । ‘दुई साता आइसोलेसनमा बसेपछि स्वास्थ्य अवस्था सामान्य भएकाले शुक्रबार र शनिबार दुईपटक पीसीआर टेस्ट गर्दा दश जनाको नेगेटिभ रिपोर्ट आएपछि शनिबार साँझ डिस्चार्ज गर्‍यौं’ अस्पतालका कोभिड–१९ फोकल पसर्न डा. सुदर्शन थापाले भने, ‘संक्रमितहरु उपचारपछि निको भएर घर फर्किंदा ज्यादै खुशी लागेको छ, कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ ।’

यसअघि रुपन्देही कोटहीमाईका २४ वर्षया युवक पनि कोरोनालाई जितेर घर फर्केका थिए । शुक्रबार मात्रै बाँकेको खजुराको शुशिल कोइराला क्यान्सर अस्पतालबाट नेपालगन्जका २१ जना कोरोना संक्रमित निको भएर घर फर्केका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter