शुक्रबार, १४ बैशाख २०८१

“नेपाली समाजमा कोरोनाको असर” विषयक अन्तरक्रिया सम्पन्न

३ जेष्ठ २०७७, शनिबार ०१:५३ मा प्रकाशित

शमशाद आदिल ।

विश्व भर फैलिएको कोरोना भाइरस नेपालमा विगत दुई हफ्ता देखि तीव्रता लिएको तथ्यलाई मध्येनजर गर्दै नेपाली मुस्लिम समाज कतारले शुक्रवार कोरोना को असर विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा नेपाल , कतार, दुबई , साऊदी अरेबिया, अमेरिका, ऑस्ट्रेलियामा रहेका नेपाली समाजका मेडिकल राजनीति ,संचारकर्मी, मानवाधिकारकर्मी लगायत समाजिक अभियन्ताहरुको सहभागिता रहेको नेपाली मुस्लिम समाज कतार का अध्यक्ष इंजीनियर मोहम्मद अय्यूब ले जानकारी दिएका छन ।

कोरोना को ले निम्तियाएको बेरोजगारी, मानसिक तनाव, स्वास्थ्य सामग्रीको अभाव, राहत वितरण, अपराध, मानवाधिकार लगायत विषयमा छलफ़ल भएको थियो । यस महामारी ले उत्पन्न गरेको मानवीय संकटलाई न्यूनीकरण गर्न सरकार र जनताहरूको बीच परस्पर सम्बन्ध र समाजिक सहिष्णुता कायम गर्न लगायत विषयमा छलफ़ल भएको समाजले जनाएको छ।

विदेशमा अल्पत्र नेपालीहरुलाई स्वदेश फर्काउन अत्यन्त जरूरी रहेको र राहत वितरणको दायरा बढाउनुको साथै पारदर्शी बनाऊने कुरामा वक्ताहरुले जोड़ दिएका थिए ।
साथै कोरोनाले मुस्लिम समाजमा निम्तियाएको मुख्यतः मदरसा शिक्षाको जकात मा कमी र  त्यस बाट पैदा हुन सक्ने सम्भावित शैक्षिक समस्यालाई समाधान गर्न सबै केन्द्रित हुन आग्रह समेत गरिएको बताईएको छ ।

मानविय विकास सूचकांकको हिसाबले अत्यन्त पिछड़िएको समुदाय मुस्लिम समुदाय रहेकोले गरीबी भोकमरी र बेरोजगारी बढ़न सक्ने सम्भावित तथ्यहरूको जिकिर भएको जानकारी
समाजका महासचिव अफसर अलि खान ले दिए । बेरोजगारीहरुलाई न्यूनीकरण र स्वदेशी रोजगारको सम्भावित निकासको लागि सरकारलाई ध्यानाकर्षण गराउदै समाजमा जागरूकता ल्याउने सुझाव वक्ता हरूको सुझाव थियो ।

नेपलिज मुस्लिम समाज दुबई को सहकार्यमा गरेको उक्त कार्यक्रममा नेपाल बाट मुस्लिम आयोगका अध्यक्ष शमीम मिया अंसारी , पूर्व मन्त्री मोहम्मद जाकिर हुसैन , मानवअधिकार आयोगकी आयुक्त मोहना अंसारी, नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय सदस्य तथा मुस्लिम संगठन नेपाल का अध्ययक्ष सेराज फारूकी , नेपाली मुस्लिम महिला कल्याण समाज की अध्यक्ष सीमा खान ,
समाजिक अभियन्ता सत्तार अंसारी
गूठी संस्थानका सदस्य हज़रत अली खान, मोहम्मद शाहिद अलि , डाक्टर असरफ नेहाल, अरकना खातून
लगायत बुद्धिजीवीहरुले नेपाल बाट सहभागिता जनाउनु को साथै आफ्नो मनतब्य राखेका थिए ।

 

एन आर एन कतार का अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान ,नेपाली मुस्लिम समाज दुबई का शाह नवाज़ अहमद, नोमान सिद्दीकी, आसिफ सिद्दीकी लगायतको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम दुर सञ्चार जूम एप्लिकेशन को प्रयोग मार्फ़त भएको थियो

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter