शुक्रबार, १४ बैशाख २०८१

कोरोनाको संक्रमण देखिएका कोशी अस्पतालमा ६ जना निको भए, निको हुन संख्या २२ पुग्यो

२३ बैशाख २०७७, मंगलवार २३:४६ मा प्रकाशित

काठमाडौं- कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये ६ जना घर फर्कने भएका छन् ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा ६ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिए ।

उनले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये ६ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण(पीसीआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको बताए ।

उनीहरु सबै भारतीय नागरिकहरु रहेको जनाइएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री घिमिरेले जानकारी दिए ।

केही रगत परीक्षणको काम बाँकी रहेकाले बुधबार उनीहरुलाई डिस्चार्ज गरिने लागेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सङ्गीता मिश्राले बताइन् । उनीहरु सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा एक हप्ता राखिने भएको छ ।

मन्त्री घिमिरेले क्वारेन्टाइनको स्थलगत निरीक्षण गरिएको बताउँदै १० वटा वेड रुम र १० वटा शौचालय भएको मस्जिदमा राखिने व्यवस्था गरिएको जानकारी दिए । कोभिड अस्पतालमा उपचाररत कोभिड–१९ बाट सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु मिश्राले बताए ।

नेपालमा हालसम्म ८२ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्य यसअघस नै १६ जना निको भएर घर फर्किसकेका छन् । अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter