शुक्रबार, १४ बैशाख २०८१

कोशी अस्पतालले भन्यो: संक्रमित १२ जनामा लक्षण छैन, सामान्य औषधि चलाइयो

६ बैशाख २०७७, शनिबार १४:१७ मा प्रकाशित

मोरङ। कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ ।उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको हो ।कोरोना पोजेटिभ देखिएपनि उहाँको अवस्था अति सामान्य छ, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्राले भन्नुभयो–चिकित्सकीय निगरानीमा रहनु भएका उहाँमा कुनै लक्षण नदेखिएको खबर गोरखापत्र दैनिकमा छ।

मैले १५ मिनेट जति उहाँहरुसँग प्रत्यक्ष कुराकानी गरें, मेसु मिश्राले भन्नुभयो–उहाँहरुलाई अहिले स्वास फेर्नदेखि रुघाखोकीसम्मको समस्या छैन । संक्रमित १२ जनाले आफूहरुलाई कुनै समस्या नरहेको बताएकाले सामान्य (न्यूनतम) औषधी चलाउन बाहेकको काम गरिएको छैन ।इन्फेक्सन छ तर विरामीलाई थाहा छैन, र समस्या पनि छैन भने एन्टीबायोटिक चलाउनु पर्ने अवस्था हुँदैन । विशेषज्ञ फिजिसियन डा. दीपक सिग्देलले अहिलेसम्म उनीहरुमा समस्या नदेखिएको बताउँदै बारम्बार चिकित्सकीय निगरानी आवश्यक रहेको बताउनुभयो ।

संक्रमितलाई कुनै लक्षण नदेखिए पनि उनीहरुलाई कुनैपनि समयमा समस्या पर्नसक्ने कुरालाई विचार गरी सोही अनुसारको तयारी भएको छ । ८० प्रतिशत संक्रमितको अवस्था सामान्य हुने भएका कारण जोखिम फैलन सक्ने संभावना धेरै हुने मानिएको छ ।उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बस्दैै आएका ११ जना भारतीयसहित एकजना नेपालीमा कोरोना संक्रमित पुष्टि भएपछि उनीरुलाई कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको हो ।उनीहरुसहित थप चारजनालाई पनि सँगै ल्याइएको छ ।

संक्रमित को–को हुन् भन्ने कुरा पहिचान गर्न नसकेपछि १६ जनालाई नै ल्याउनु परेको थियो । हाल संक्रमण पुष्टि नभएका चार जनाको पहिचान गरी उनीहरुलाई अर्कै स्थानमा क्वारेन्टाइनमा राखिएको छ । संक्रमितमध्ये एकजना नेपाली नागरिक विराटनगर निवासी हुनुहुन्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter