शनिबार, १५ बैशाख २०८१

ठाकुर ज्ञवालीलाई आईजीपी बनाउन गृहको प्रस्ताव

२८ माघ २०७६, मंगलवार २१:०४ मा प्रकाशित

२८ माघ, काठमाडौं । गृह मन्त्रालयले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन प्रस्ताव तयार गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय भएको हो ।

बालुवाटारमा केहीबेरपछि मन्त्रिपरिषद बैठक सुरु हुँदैछ ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय गरेको थिएन । बरु बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसँग छुट्टै बसेर आईजीपी नियुक्तिबारे छलफल गरेका थिए । त्यसक्रममा ओलीले ज्ञवालीकै नाम प्रस्ताव गरेको स्रोतले बतायो ।

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् । यही ब्याचको वैकल्पिक टोलीमा डीआईजी हुन्, ज्ञवाली । उनीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए ।

३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter