शुक्रबार, १४ बैशाख २०८१

अंतरराष्ट्रीय युवा समाजको राजदूतमा इर्शाद राई

१२ कार्तिक २०७६, मंगलवार ०९:१० मा प्रकाशित

केयरखबर, काठमांडौ
अंतरराष्ट्रीय युवा समाजको युवा राजदूत दूतको रुपमा इर्शाद राईको नियुक्ति भएको छ। नेपालगंज निवासी रहेका इर्शाद नेपालको युवाहरूको प्रतिनिधित्व गर्न यूथ अम्बेसडर को जिम्मेवारी पाएका छन ।
इन्टरनेशनल यूथ सोसाईटी नामक आंतरराष्ट्रीय संस्थाले संसार भरिको अधिकांश देशहरुमा आफ्नो राजदूत नियुक्त गरेको छ।

हरेक देशमा शान्तिको माध्यम द्वारा मानवता को संरक्षण गर्ने, दृढ़तापूर्वक आफ्नो लक्ष्य हासिल गर्ने स्वाभिमानि युवाहरुको समाज निर्माण र अंतरराष्ट्रीय स्तरमा परस्पर सम्बन्ध कायम गर्ने संस्थाको उद्देश्य रहेको इर्शाद राई ले जानकारी गराए।

अंतरराष्ट्रीय स्तरमा आयोजना हुने युवाहरुको क्षमता विकास सम्मेलनहरुमा कतार,चीन, स्विजरलैंड, मलेशिया इटली लगायत अनेकोँ राष्ट्रमा सहभागिता जनाएका इर्शाद नेपालको विकट क्षेत्रमा शैक्षिक जागरूकता अभियानमा विगत पन्ध्र वर्ष देखि लागेका छन । समाजिक कार्यमा स्नातकोत्तर शिक्षा हासिल गरेका इर्शाद अहिले कानून अध्ययनरत छन।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter