शनिबार, १५ बैशाख २०८१

डेङ्गुका कारण थप एकको मृत्यु

७ कार्तिक २०७६, बिहीबार १४:०६ मा प्रकाशित

चितवन, ७ कात्तिक    स्वास्थ्य कार्यालय चितवनले डेङ्गुका कारण थप एकको मृत्यु भएको जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक ४ गते बिहान उपचारको क्रममा मृत्यु भएको हो । यसअघि एक जनाको डेङ्गु र एक जनाको डेङ्गु एवं स्क्रवटाईफसबाट मृत्यु भएको थियो । हालसम्म जिल्लामा ज्वरो आएका १३ हजार ८७७ जनाको डेङ्गु परीक्षण गर्दा चार हजार २८० जनामा संक्रमण देखिएको छ । भदौको तेस्रो र अन्तिम साता महामारीको रुपमा देखा परेको डेङ्गु क्रमशः घट्दै गएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter