शुक्रबार, १४ बैशाख २०८१

बीससडक बालबालिकाको उद्धार

६ कार्तिक २०७६, बुधबार १६:१७ मा प्रकाशित

काठमाडौँ, ६ कात्तिक  बालबालिका खोजतलास केन्द्रले गौशाला क्षेत्रबाट २० सडक बालबालिकालाई उद्धार गरेकोे छ । सरकारले नयाँ बसपार्क, पशुपति, रत्नपार्क र स्वयम्भूलगायत क्षेत्रलाई मगन्तेमुक्त क्षेत्र घोषणा गरेसँगै प्रहरीको बालबालिका खोजतलास केन्द्रले आज बिहान उनीहलाई नियन्त्रणमा लिएको थियो। राष्ट्रिय बालअधिकार परिषद् र केन्द्रलगायत सङ्घ÷संस्थाले सडक बालबालिकामुक्त शहर निर्माण गर्ने अभियानअन्तर्गत उनीहरूलाई उद्धार गर्दै आएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिनुभयो । प्रहरीले पशुपति क्षेत्रमा मन्दिर वरिपर माग्न बसेका २० भारतीय बालबालिकालाई नियन्त्रणमा लिइएको र उनीहरूलाई सोधपुछपछि बालसुधार गृहमा पठाइने उक्त केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter