शुक्रबार, १४ बैशाख २०८१

चट्याङ लागेर एकको मृत्यु

५ आश्विन २०७६, आईतवार १२:०४ मा प्रकाशित

पर्सा, ५ असोज  वर्षासँगै परेको चट्याङ लागेर पर्सामा आज बिहान एक युवकको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहोदरामाई नगरपालिका–३ निवासी २५ वर्षीय माधव रामको मृत्यु भएको हो । बिहान ४ः३० बजेको समयमा शौच गर्न घरबाट बाहिर गएका राम खेतमा बस्दै गएको बेला चट्याङ लागि गम्भीर घाइते भएको र उनलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । मृतक रामको शव परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter