मङ्गलबार, २८ असोज २०७६

नेपालले कुवेतसँग बराबरी खेल्यो

३१ भाद्र २०७६, मंगलवार १२:५२ मा प्रकाशित

काठमाडौँ, ३१ भदौ  जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो । नेपलाका लागि दिपेश राईले गोल गरे । उनले खेलको ७४औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यस्तै कुवेतका अब्दुलवाहब अलहिन्दिले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई खेलमा एक अङ्क जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० ले पराजित भएको थियो । कुवेतले दुई खेलमा तीन अङ्क जोडेको छ । पहिलो खेलमा कुवेतले श्रीलङ्कालाई हराएको थियो । अब नेपालले तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग खेल्नेछ । प्रतियोगितामा विभिन्न ४८ राष्ट्रले भाग लिएका छन् । जसलाई ११ समूहमा विभाजन गरिएको छ । समूहमा शीर्ष हुने टोली सन् २०२० मा आयोजना हुने एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछ । त्यस्तै उत्कृष्ट चार उपविजेताले पनि अन्तिम प्रतियोगिताका लागि अवसर पाउनेछ ।

तपाईंको प्रतिकृयाहरू

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter