शुक्रबार, १४ बैशाख २०८१

नाइजरमा आएको बाढीबाट १ लाख ३० हजार प्रभावित

२६ भाद्र २०७६, बिहीबार १३:३२ मा प्रकाशित

नाइजर, २६ भदौ (रासस-एएफपी) ः अफ्रिकी मुलुक नाइजरमा देशभरी आएको बाढीका कारण १ लाख ३० हजार मानिस प्रभावित भएका छन् । यस बाढीका कारण करिब ६० जनाको मृत्यु भइसकेको नाइजर सरकारले जनाएको छ । सरकारद्वारा जारी विज्ञप्तिमा बाढीबाट १२ हजार घरमा क्षति पुगेको र दुई हजार हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट भएको जनाइएको छ । नाइजरमा पछिल्लो समय राजधानी र दुर्गम क्षेत्रमा भारी वर्षाले नराम्रो असर पारेको छ । नाइजरमा गत वर्ष पनि बाढी पहिरोका कारण ५६ जनाको मृत्यु भएको थियो भने करिब दुई लाख व्यक्ति प्रभावित भएका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter