शुक्रबार, १४ बैशाख २०८१

एउटा ताजियाको मूल्य रु ९६ हजार

२४ भाद्र २०७६, मंगलवार १६:१५ मा प्रकाशित

राँझा, २४ भदौ  नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राईले तीन वर्षयता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गर्नुुहुन्छ । मोहर्रम पर्वको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ पासाङल्हामुरोडमा यो वर्ष उहाँले करीब ८५ फिट उचाइको ताजिया स्थापना गर्नुभएको छ । भारतको उत्तरप्रदेश बहराइच जिल्लाको आलीनगरबाट खरीद गरेको उक्त ताजियाको मूल्य भारतीय रु ५० हजार परेको उहाँको भनाइ छ । उहाँका अनुसार, उक्त ताजिया नेपालगञ्जसम्म ल्याएको ढुवानीको भाडामात्रै भारतीय रु १० हजार लागेको छ । “पचास हजार भारुको ताजिया खरीद गरेको हो, ढुवानीमा भारु १० हजार लागेको छ”, राईले भन्नुभयो, “एउटा ताजिया खरी दगर्न ९६ हजार नेपाली रुपैयाँ लागेको छ ।” राईले चन्दा अथवा दानबाट नभई आफ्नो निजी रकम खर्च गरेर अग्लो ताजिया राख्ने गरेको बताउनुभयो । “मैले आफ्नै खर्चमा ताजिया लगाउने गरेको छु”, राईले भन्नुभयो, “गत वर्ष ७० फिटको थियो, अहिले ८५ फिटको रहेको छ ।” बाँकेमा मात्रै रु एक करोडभन्दा बढीका ताजिया राखिएको राईको अनुमान छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रुपमा आज घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरेर बगाउने गर्छन् । नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ–आफ्नो घर अगाडि ताजिया राखेर पूजाआजा गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घर–घरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ । आफ्नो आर्थिक हैसियत अनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिष्पर्धा देखिएको मौलाना अब्दुल जब्बार मञ्जरीको भनाइ छ । उहाँले सानो–ठूलो जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताउनुभयो । हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावको रुपमा विकसित हँुदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, समृृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको उहाँले बताउनुभयो । (तस्वीर उपलब्ध छ)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter