शनिबार, १५ बैशाख २०८१

हवाई कारबाहीमा तेह्र तालिबान लडाकू मारिए

२९ श्रावण २०७६, बुधबार १३:१२ मा प्रकाशित

अफगानिस्तान, २९ साउन  अफगानिस्तानको दक्षिण कान्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् । सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाईले बुधबार जानकारी दिनुभएको छ । शाह वालिकोट जिल्लाको मानो क्षेत्रका लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो । मङ्गबार राति भएको यस हवाई कारबाहीमा परी १३ तालिबान लडाकू मारिनुका साथै अन्य एक घाइते भएका थिए । तालिबान आतङ्ककारी समूहले यस विषयमा कुनै टिप्पणी गरेकाे छैन । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter