शनिबार, १५ बैशाख २०८१

इथियोपियामा कफी पार्क निर्माणको तयारी

२९ श्रावण २०७६, बुधबार १३:०९ मा प्रकाशित

आदिस अबाबा, २९ साउन  इथियोपिया र दक्षिण कोरियाको संयुक्त लगानीमा इथियोपियाली कफी प्रबद्र्धनमा सघाउन विशाला कफी पार्क निर्माण गरिने भएको छ । इथियोपियाको कफीलाई विश्व बजारमा सहज रुपमा पु¥याउन यस पार्कले सहयोग गर्ने विश्वास लिइएको छ । यो प्रस्तावित कफी पार्क निर्माणका लागि पाँच करोड अमेरिकी डलर पर्नेछ । इथियोपियाको राजधानी आदिस अबाबामा निर्माण गरिने यो पार्क करिब ३० हेक्टरमा बन्नेछ । इथियोपियाली कफी तथा चिया प्राधिकरणका निर्देशक हीउरु नुरुले पार्कको निर्माणले इथियोपियाको कफीलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्न ठूलो मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । निर्देशक नुरुका अनुसार नयाँ पार्कमा कफी सङ्ग्रहालय र कफी बजार केन्द्रका साथै अरु धेरै सुविधा उपलब्ध हुनेछ । यो पार्क करिब तीन वर्षभित्रमा निर्माण सम्पन्न हुनेछ । गत साता इथियोपिया सरकारले आफ्नो मुलुकमा उत्पादित कफीलाई विश्व बजारमा निर्यात गर्न अन्तर्राष्ट्रिय ब्रान्ड सार्वजनिक गरेको थियो । “इथियोपियन कफी” ब्रान्ड नाम दिइएको यस राष्ट्रिय अभियानले बजारीकरणमा मद्दत गर्ने कफी बोर्डको भनाइ छ । ––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter