शुक्रबार, १४ बैशाख २०८१

खाल्डोमा डुबेर नाबालकको मृत्यु

९ श्रावण २०७६, बिहीबार ११:३१ मा प्रकाशित

लहान, ९ साउन  ,,  अविरल वर्षासँगै पानी जमेको खाल्डोमा डुबेर सिरहाको गोलबजार नगरपालिका–२ तेतरियामा एक नाबालकको हिजो साँझ मृत्यु भएको छ । घर नजिककै पानी जमेको खाल्डोमा डुबेर स्थानीय सन्तोष साहको दुई वर्षीय छोरा अङ्कितकुमार साहको मृत्यु भएको हो । डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि आरके मेडिसिटी धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । लागुऔषधसहित दुई युवक पक्राउ प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई आज पक्राउ गरेको छ । प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१७ स्थित भन्सार कार्यालय अगाडिबाट लागुऔषधसहित सिरहा नगरपालिका–४ निवासी २३ वर्षीय मो सालिक सिद्धिकी र २४ वर्षीय औरन जेवराहीलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको स६प ५२०५ नंको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार दुवैको साथबाट लागुऔषध नाइट्रोभेट ११ थान, १० ग्राम गाँजासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter