शुक्रबार, १४ बैशाख २०८१

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतार द्वारा तेक्वान्दो खेलाडी हरुलाइ सम्मान एवं बिदाइ।

केयर ख़बर

२० जेष्ठ २०७५, आईतवार १४:३८ मा प्रकाशित


दोहा, कतार अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक रोशन खानको नेतृत्वमा नेपाल बाट कतारको केज क्लबको विशेष निमन्त्रणामा आएको आठ सदस्य प्रतिनिधि मण्डललाई सफलता पुर्वक प्रशिक्षण पूरा गरेकोमा सम्मान पत्र सहित सम्मान एवं स्वदेश फर्कन लागेकोमा बिदाइ गरेको छ।अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्वमा संचालित कार्यक्रममा अन्तर्राष्ट्रिय संयोजक प्रोफेसर मोहम्मद रमजान अलि मिया प्रमुख अतिथि हुनुहुन्थ्यो।कार्यक्रमका विशेष अतिथि एवं नेपाली समाजका बुद्धिजीवी अब्दुल हफिज मियाले यस प्रकारको कार्यक्रमले खेलाडी हरुमा हैसला प्रदान गरेको र नेपाल बाट कतार आइ प्रशिक्षण लिनाले तेक्वान्दो खेलको छेत्रको बिकासमा थप उर्जा मिल्ने बताउनु भयो।अर्का विशेष अतिथी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक रोशन खानले आफू हरुले कतारमा आइ खेल्न पाएको र कतारी खेलाडी हरु सङ्ग ट्रेडिङ गर्न पाउनु एउटा ठुलो अवसर रहेको बताउनु भयो।सिमित स्रोत साधनमा प्रशिक्षण गर्न पाउनु र अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजले आफू हरुको भुमिकाको उच्च मुल्यांकन गर्नु दुवै स्मरणीय रहेको बताउनु भयो।अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको तर्फबाट आज सम्मानित हुँदा निकै हर्शित भएको र आफू अ आफ्नो टिमले यस बारे नेपाल ओलम्पिक कमिटी लाई पनि जानकारी गराउने बताउनु भयो।टिमका उप प्रशिक्षक नसिर मियाले आजको सम्मान बाट आफू निकै प्राभवित भै समाज प्रती ऋणी समेत भएको बताए। समाजका उपाध्यक्ष करिम मिया द्वारा संचालित कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अन्तर्राष्ट्रिय संयोजक प्रोफेसर रमजान अलि मियाले बिश्वको बर्तमान परिवेशमा कतारले आफुलाइ खेलको माध्यम बाट विश्व सामु चिनाउदै आफ्नो विशेष पहिचान बनाएकोले नेपाल ले पनि तेक्वान्दो खेल लगायत अन्य खेललाइ राज्यले विशेष स्थान दिदै खेलकुदको बिकासम ध्यान दिन सुझाव दिनु भयो।कतार भिजन २०३० मा पनि कतारले खेल लाई प्राथमिकतामा राखेको र नेपालि खेल जगतले पनि कतार सङ्ग सहकार्य गर्न सके नेपाली खेलजगतको बिकासमा ठुलै सहयोग पुग्ने बताउनु भयो। समाजका सल्लाहकार इन्जिनियर तैयिबले अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको स्थापना नै नेपाल कतार बिच रहेको सम्बन्ध बिकासमा सेतुको काम गर्न नै भएको बताउनु भयो र प्रशिक्षक रोशन खानले नेपाल लाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन खेलेको भुमिकाको खेलेर प्रसंशा गर्नु भयो। कार्यक्रममा जापानमा सम्पन्न डब्लु टि ए च्याम्पियन शिपका तेस्रो स्थानका पदक बिजेता काशिफ मियालाइ पनि कदर पत्र प्रदान गरिएको थियोे जुन उनका बाबू करिम मियाले ग्रहण गर्नु भएको थियोे।कार्यक्रमका सभापति एवं अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले आफू र आफ्नो संस्थाले अन्तर्राष्ट्रिय खेलाडी हरुलाइ सम्मान गर्न पाउँदा अत्यन्तै हर्सित भएको र आगामी दिन हरुमा पनि खेल र खेलाडी लाई सहयोग गर्न आफ्नो समाजले कुनै कसर बाकी नराख्नु बताउनु भयो।कार्यक्रममा ८ जना खेलाडीहरुलाइ सम्मान गरिएको थियोे। शेख जाकिर हुसैन ज्युको कुरआन पाठ बाट शुरु भएको कार्यक्रममा रास्टृय गान पछि स्वागत मन्तव्य समाजका अध्यक्षले दिनु भएको थियोे।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter